राप्तीका विद्यालय सात दिनका लागि बन्द
दाङ : विद्यार्थीहरूमा भाइरल ज्वरो बढ्न थालेपछि राप्ती गाउँपालिकाका सबै विद्यालय सात दिनका लागि बन्द गरिएको छ। गाउँपालिकाभित्र रहेका संस्थागत र सामुदायिक विद्यालय बुधबारदेखि साउन २४ गतेसम्मका लागि बन्द गरिएको हो। बालबालिकामा भाइरल ज्वरोको संक्रमण बढ्न थालेपछि विद्यालय बन्द गर्न लागिएको पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिए।
'विद्यालयमा अध्ययनरत बालबालिकामा ज्वरोको संक्रमण देखिन थाल्यो।' उनले भने-'भाइरल ज्वरोको संक्रमण बढेपछि सात दिनसम्म विद्यालय बन्द गरेका छौँ।' राप्ती गाउँपालिका गाउँ कार्यपालिकाको मंगलबार बसेको बैठकले हिउँदे र वर्षे विदाबाट कट्टी हुने गरी सबै विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो।
'अहिले गरिएको विदा हिउँदे र वर्षे विदाबाट कटाउँछौँ।' उनले भने-'कोरोना संक्रमण पनि बढीरहेको हुँदा भाइरल ज्वरो बढेपछि जोखिम कम नभएसम्म एक साताका लागि विद्यालय बन्द गरेका हौँ।' उनले निर्णय कार्यन्यवन गर्न सबै विद्यालयलाई आग्रह गरिएको बताए।
'गाउँपालिकाले गरेको निर्णय कार्यान्वयनका लागि सबैलाई जानकारी गराएका छौँ।' उनले भने-'यदि अटेर गरेर कसैले विद्यालय संचालन गरेमा विद्यालय स्वयम् जिम्मेवार हुनुपर्ने छ। यस अघि घोराहीमा सस्थागत विद्यालयहरू चार दिन बन्द गरिएको थियो।