कालीगण्डकीमा ड्रागन फ्रुटको खेती : तीन वर्षमै फल दिन थाल्यो

कालीगण्डकीमा ड्रागन फ्रुटको खेती : तीन वर्षमै फल दिन थाल्यो

स्याङ्जा : कालीगण्डकी गाउँपालिकामा ड्रागन फ्रुटले फल दिन थालेको छ। आर्थिक वर्ष २०७६/०७७ देखि सुरु गरेको नमूना ड्रागन फ्रुट बगैचामा राम्रो उत्पादन भएको छ। 

पालिकाले झण्डै ३ वर्षअघि परीक्षणका रुपमा २४ रोपनीभन्दा बढी जमिनमा ड्रागन खेती गरेर सुरुवात गरेको हो। 

रौतहतबाट ड्रागनका बिरुवा ल्याएर यहाँ खेती विस्तार गरिएको हो। 

पालिकाले स्थानीयका जमिन १५ वर्षका लागि लिजमा लिएर खेती सुरु गरेको हो। यहाँका किसानलाई आयआर्जनमा जोड्ने उद्देश्यले पालिकाले ड्रागन खेती सुरु गरेको अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए। 
'पालिकाका जग्गाजमिन बाँझो रहेपछि जग्गाको सदुपयोगसँगै ड्रागन खेती गर्ने सोच बनाएुँ,' अध्यक्ष थापाले भने, 'ड्रागनसँगसँगै सयपत्री फूललाई व्यवसायिकरण गर्नुपर्छ।'

खेतीका लागि संघीय सरकार र पालिकाको गरी झण्डै ९० लाख रुपैयाँ खर्च भएको पालिकाले जनाएको छ। अघिल्लो आव ०७६/७७ र २०७७/०७८ मा संघ सरकारले सशर्त अनुदान अन्तर्गत बजेट बिनियोजन गरेको थियो। 
कालीगण्डकीको वडा नम्बर ४ बिर्घामा २४ रोपनी र वडा नं. ५ जैपतेमा करिब एक रोपनी क्षेत्रफलमा ड्रागन फ्रुट लगाइएको हो। 

यहाँका बिरुवाले गत वर्षदेखि अलिअलि फल दिन थालेकोमा यसवर्ष भने राम्रो उत्पादन भएको कृषि अधिकृत अनुप पौडेलले बताए। उनका अनुसार, 'एक हजार ६ सय वटा पिलरमा ४८ सय वटा ड्रागन फ्रुट रोपिएका छन्।’

पालिकाले २ जना कामदार राखेर नियमित खेतीको स्याहार सुसार गर्दै आएकोछ। 

पालिकामा ड्रागन खेती हुने देखिएपछि यस वर्ष यहाँका स्थानीय किसानले समेत ड्रागन खेती थालेका छन्। अहिले २० जना किसानले खेती गरेका छन्। पालिकाले बिरुवाका लागि ५० प्रतिशत र पिलर निर्माणमा लागि सतप्रतिशत अनुदानको व्यवस्था गरेको छ। 

२० जना किसानले १ सय ५ बिरुवा ३५ वटा पिलरमा र ४० वटा बिरुवा १२० वटा पिलरमा रोपेका छन्। उनीहरुका लागि सूचनामार्फत खेती गर्न चाहने किसानलाई आब्हान गरेको र पालिकाले जग्गा अनुगमन गरेर मात्र अनुदान उपलब्ध गराउने गरेको छ।  

यहाँ उत्पादिन फ्रुट स्थानीय बजारमा खपत भएका छन्। अन्य बजारमा भन्दा केही सस्तो दरमा उपलब्ध गराउँदै आएका छन्। पालिकाले प्रति गोटा सय रुपैयाँका दरले बिक्री गर्ने गरेको जनाएको छ। पालिकामै बिरुवा उत्पादन हुँदै आएको छ। 

ड्रागन फ्रुट सिउडी प्रजातिको फल हो। यो गर्मी, सुख्खा हावापानी र पानी नजम्ने ठाउँमा राम्रो उत्पादन हुन्छ। राम्रो मलखाद र संरक्षण भएमा रोपेको दुई वर्षमै फल दिन्छ। यसमा मिनरल र भिटामिन प्रशस्त पाइन्छ। 
स्वादमा गुलियो र अमिलो हुन्छ। प्रति केजी एक हजारभन्दा बढी मूल्य पर्ने र एउटै फल २ सय ग्रामदेखि १ केजीसम्मका हुने जानकारहरु बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.