मैदान नहुँदा गतिविधि ठप्प

मैदान नहुँदा गतिविधि ठप्प

ताप्लेजुङ : खेल मैदान अभावका कारण लाखेजात्राका अवसरमा ताप्लेजुङमा सञ्चालन हुँदै आएको पाथिभरा गोल्डकप फुटबल प्रतियोगिता यस वर्ष भएन।२०२९ सालदेखि विभिन्न नाममा निरन्तर रुपमा हुँदै आएको प्रतियोगिता यस वर्ष मैदान अभावका कारण हुन नसकेको हो।पछिल्लो दुई वर्ष भने कोरोना महामारीका कारण प्रतियोगिता आयोजना भएन।विगतका वर्षमा खेल सञ्चालन हुँदै आएको भानुजन माध्यमिक विद्यालयको मैदान अहिले लथालिङ््ग छ।

विद्यालयले कम्पाउन्ड वाल लगाउनेलगायतका काम गरिरहेकाले खेलमैदान प्रयोग गर्न नसक्ने अवस्था आएको लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष नारायण थापाले बताए।‘विगत दई वर्ष कोरोना महामारीका कारण प्रतियोगिता आयोजना गर्न सकेनौं।यस वर्ष प्रतियोगिता गर्ने योजना बनाएका थियौं तर, मैदान अभावका कारण आयोजना गर्न सकिएन’, अध्यक्ष थापाले भने।उनका अनुसार भानुजन मावि बाहेकका खेल मैदान सदरमुकाम आसपासमा नहुँदा समस्या भोग्नु परेको छ। जिल्ला खेलकुद विकास समिति ताप्लेजुङका अध्यक्ष नरेन्द्रकुमार माबोले विभिन्न गतिविधि सञ्चालनका लागि मैदान 
अभाव भएको बताए।

‘जिल्लामा तालिमदेखि वार्षिक कार्यक्रम सञ्चालनका लागि सदरमुकाम वरपर मैदान नै छैन।मैदान अभावमै धेरै कार्यक्रमहरू रोकिएका छन््’, अध्यक्ष माबोले भने, ‘यस्तै समस्या भयो भने सिरिजंघा गाउँपालिकाको तेल्लोक वन मैवाखोला गाउँपालिकाको साँघुमा जानुपर्ने बाध्यता छ ।’ सदरमुकाममा बहुआयामिक खेलमैदानको तड््कारो आवश्यकता रहेको माबोले बताए।

ताप्लेजुङ जिल्ला फुटबल संघका अध्यक्ष अशोक चेम्जोङले पनि खेल मैदान अभावकै कारण अखिल नेपाल फुटबल संघ (एन्फा) ले सञ्चालन गर्ने ग्रासरुट फुटबल तथा लिग गराउन समस्या भएको बताए।
‘एन्फाबाट विभिन्न कार्यक्रम आउँछ तर, ती गतिविधि सञ्चालन गर्न मैदान नै छैन’, अध्यक्ष चेम्जोङले भने, ‘अब विद्यालयको खेल मैदानको भर मात्रै परेर हुँदैन।अहिले नगरपालिकाले अपायक स्थानमा लगानी गरिरहेको छ।सबै मिलेर पायक पर्ने स्थानमा खेल मैदान बनाउनु पर्छ ।’ जिल्लामा खेल गतिविधि सञ्चालन गर्ने उद्देश्यले चार वर्ष अघिदेखि फुङलङ र मैवाखोला गाउँपालिकामा एक÷एक वटा रंगशाला निर्माणको प्रक्रिया सुरु गरिएको थियो।मैवाखोला गाउँपालिकामा भने सुरुवाती चरणमा नै काम रोकिएको छ।

फुङलङ–२ मा निर्माणाधीन रंगशालाका लागि सरकारले करोडौं खर्च गरिसकेको छ।तर, त्यो बालुवामा पानी खन्याए सरह भएको स्थानीय युगराज गुरुङ बताउँछन्। ‘नगरले करोडौं रुपैयाँ खर्चिएर दुई नम्बर वडामा काम गरिरहेको छ।त्यसको कुनै औचित्य छैन।ग्याबिन जालीको आयु सकिएपछि त्यसको हालत के हुन्छ ?’ स्थानीय गुरुङले प्रश्न गरे।नगर क्षेत्रको हाङ््देवा, उकालीपानी क्षेत्रमा पनि सरकारी लगानीमा खेल मैदान निर्माणाधीन छ।

तर, ती स्थानमा विभिन्न प्राविधिक कारणले पायक नपर्ने स्थानीय बताउँछन्। फुङलङ नगरपालिकाका प्रवक्तासमेत रहेका २ नम्बर वडाका अध्यक्ष मोहन न्यौपाने सदरमुकाम नजिकै पायक पर्ने स्थानमा जग्गाको व्यवस्थापन गर्न सके नगरपालिकाले पनि लगानी गर्ने बताउँछन्। 

‘पायक पर्ने स्थानमा जग्गा पाउन सके त्यसका लागि पहल नगरपालिकाले गर्छ।करिब तीन करोड रुपैयाँ लगानी भइसकेको निर्माणाधीन रंगशालालाई पनि पूरा गर्नुपर्नेछ’, प्रवक्ता न्यौपानेले भने, ‘निर्माणाधीन रंगशालाको पनि डीपीआर परिर्वतन गर्नुपर्ने देखिएको छ ।’ सहरी विकास मन्त्रालयले करिब ४० करोड रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी डीपीआर बनाएको थियो।तर, सो डीपीआर यहाँका लागि उपयोगी नदेखिएको वडाध्यक्ष न्यौपाने बताए।

डीपीआर परिर्वतन नगरी काम अघि नबढाउने उनले जानकारी दिए।३५ रोपनी क्षेत्रफलमा रंगशाला निर्माण गर्ने गरी डीपीआर तयार गरिएको थियो।जसका लागि नगरपालिकाले १३ रोपनी निशुल्क जग्गा पाएको थियो भने बाँकी २२ रोपनी जग्गा खरिद गरेको थियो।रंगशालाका लागि पहिलो पटक ५० लाख रुपैयाँ बजेट छुट््याइएको थियो।त्यसपछि ६० लाख, ५० लाख, ३० लाख र गत आर्थिक वर्षमा ३५ लाख रुपैयाँ रंगशाला 
छुट््याइएको थियो।यस वर्ष भने  रकम विनियोजन नै गरिएको छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.