श्रीलंका टापुमा फसेकाहरुको बिचल्ली (तस्बिर)
धरान : श्रीलंका टापुमा फसेकाहरुको बिचल्ली भएको छ। कोशी फुटेपछि श्रीलंका टापु डुवानमा पर्दा सयौं सर्बसाधारणको बिचल्ली भएको हो।
टापुमा फसेकाहरूको उद्धारमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको छ । उनीहरुलाई सुरक्षाकर्मीको टोलीले उद्दार गरिरहेको छ।
विस्थापितहरुलाई विभिन्न सुरक्षित स्थानमा लैजाने काम भइरहेको छ।
उदयपुरको बेलका नगरपालिका–१, २, ८ र ९ मा सप्तकोसी नदीले कटान गरेको छ ।
पानीको बहाव बढेर कटान सुरु गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धार गरिएको छ ।
बेलका नगरपालिका–८ लाहुरेखोच डुम्रीबोटमा सप्तकोसीको अस्थायी बाँध फुटेको थियो ।
सप्तकोसीले कटान गरेपछि उदयपुरको बेलका, सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकाका केही बस्ती प्रभावित भएका छन् ।
सप्तकोसी नदीको बाँध फुटेर बस्तीमा पसेपछि प्रदेश नं १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीसहितको टोलीले स्थलगत अनुगमन गरेको छ ।
कटान क्षेत्रको स्थलगत निरीक्षण गर्न पुग्नुभएका मन्त्री कार्कीले प्रभावित क्षेत्रमै प्रदेश विपद् व्यवस्थापन समितिको बैठक बस्ने तयारी भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिएका छन्।