अमेरिकी सभामुख पेलोसी फर्किइन्, चीन–ताइवान विवाद झनै चुलियो

अमेरिकी सभामुख पेलोसी फर्किइन्, चीन–ताइवान विवाद झनै चुलियो

बीबीसी : छोटो तर विवादास्पद भ्रमणपश्चात् अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवानबाट फर्किएकी छन्। २५ वर्षमा ताइवान भ्रमण गरेकी सबैभन्दा वरिष्ठ अमेरिकी राजनीतिज्ञ पेलोसीले राजधानी ताइपेईमा नेताहरूसँग भेटवार्ता गरेकी थिइन्। भेटवार्ताको क्रममा पेलोसीले ताइवानलाई स्वतन्त्रता चाहने मानिसहरूको प्रेरणाका रूपमा तारिफ गरेकी थिइन्। 

बृहत् एसियाली भ्रमणको अंश ठानिएको यस भ्रमणलाई लिएर बेइजिङ भने क्रुद्ध बनेको छ। उसले यस टापु राष्ट्रमा भ्रमणविरुद्ध दिएको चेतावनीको पेलोसीले बेवास्ता गरेकी छिन्। ताइवान एउटा स्वशासित टापु हो। तर, चीनले उसमाथि दाबी गर्दै आएको छ। बिस्तारै यो आफूमा गाभिने विश्वास चीनको छ। 

बुधबार जारी विज्ञप्तिमा चीनका विदेशमन्त्री वाङ यीले आगोसँग खेल्नेहरूको अन्त्य सुखद नहुने चेतावनी दिँदै यो भ्रमणले चीनको अपमान भएको उल्लेख गरेका छन्। ‘संयुक्त राज्य अमेरिकाले तथाकथित लोकतन्त्रको आडमा चीनको सार्वभौमसत्ताको उल्लंघन गरिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ।

अमेरिकी संसद्को सभामुख रहेकी पेलोसी अमेरिकी राष्ट्रपति जो बाइडन र उप–राष्ट्रपति कमला ह्यारिसपछि तेस्रो वरीयताकी व्यक्ति हुन्। उनको भ्रमणप्रति प्रतिक्रिया स्वरूप चीनले ताइवानबाट १६ किलोमिटर मात्र टाढा रहेको समुद्र वरपर सैन्य अभ्यास घोषणा गरेको छ। बिहीबारदेखि सुरु हुने पाँच दिन लामो अभ्यास विश्वका केही व्यस्त जलमार्गहरूमा समेत हुने बताइएको छ। त्यसमा लामो दूरीको प्रत्यक्ष गोलाबारीसमेत हुने बताइएको छ। 

एक अमेरिकी अधिकारीले बुधबार रोएटर्स समाचार संस्थालाई बेइजिङले यस भ्रमणलाई तनाव बढाउनका निम्ति प्रयोग गर्न सक्ने बताएका छन्। उता चीनको रक्षा मन्त्रालयका एक प्रवक्ताले भने अभ्यासका क्रममा ताइवानको जलक्षेत्रमा प्रवेश गर्न सकिने बताए। ताइवानकी राष्ट्रपति साइ यिङ वूनले ताइवानले जानाजान बढाइएका सैन्य खतराहरूको सामना गरिरहेको बताएकी छन्। र, उनले ताइवानपछि नहट्ने साथै आफ्नो आत्मरक्षा क्षमताहरू बलियो बनाउन जे पनि गर्ने जनाएकी छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.