क्यानडामा मङ्कीपक्सका ८९० सङ्क्रमित

क्यानडामा मङ्कीपक्सका ८९० सङ्क्रमित

ओन्टारियो : क्यानडामा पनि मङ्कीपक्सका सङ्क्रमितहरु भेटिन थालेका छन्। बुधबारसम्ममा यहाँ ८९० जना मङ्कीपक्सका सङ्क्रमित पाइएका सञ्चार माध्ययममा जनाइएको छ।

यहाँका स्वास्थ्य संस्थाहरुले तीमध्ये चार सय २३ जना ओन्टारियोमा पाइएका जनाइएको छ। यस सहरमा सुरुदेखि नै मङ्कीपक्सको सङ्क्रमण बढेको पाइएको थियो।

क्यानडाको नेसनल माइक्रोबायोलोजी ल्याबरेटोरीले यस मङ्कीपक्सको सङ्क्रमणको लगत राखेको र यस सम्बन्धमा अनुसन्धान पनि गरिरहेको जनाएको छ।

यहाँको सरकारले मङ्कीपक्सका विरुद्धको कम्तीमा पनि ७० हजार खोप लगाउन तयार रहेको र ठूलो सङ्ख्यामा स्वास्थ्यकर्मी पनि खटाइएको जनाएको छ।

पछिल्ला केही महिनामा यो मङ्कीपक्सको सङ्क्रमण विश्वका कैयौँ देशमा पुगेको छ। यसका कारण विश्व स्वास्थ्य सङ्गठनले यसलाई स्वास्थ्य सङ्कटका रुपमा पनि घोषणा गरेको छ। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.