रोकिएन सप्तकोसी कटान, बाढी कम भएपछि घर फर्कन थाले विस्थापित

रोकिएन सप्तकोसी कटान, बाढी कम भएपछि घर फर्कन थाले विस्थापित

धरान : सप्तकोसी नदीले डुम्रीबोटेबाट पश्चिमतर्फ गरेको  कटान नियन्त्रणमा आएको छैन। बुधबार बिहानबाट सुरु भएको कटान २४ घण्टा वितिसक्दा पनि नियन्त्रणमा आएको छैन।

सप्तकोसीमा पानीको सतह केही कम भएको छ ।

कोसी कटान भएर उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिकाको श्रीलंका टापु जलमग्न हुँदा २० हजार सर्वसाधारण विस्थापित भएका छन् । 

सुरक्षाकर्मीको सहयोगमा विस्थापितलाई सुरक्षित स्थानमा सारिएको छ। 

बिहीबार पानीको सतह घट्दै गएपछि विस्थापित घर फर्कन थालेको बेलका नगरपलिकाका मेयर अशोक कार्कीले जानकारी दिए। 

'हामीले सुरक्षाका कारण तत्काल घर नफर्कन अनुरोध गरिरहेका छौं तर पीडितहरु आफ्नो सम्पती जोगाउन घर फर्किरहनु भएको छ,' उनले भने ।  

कार्कीले बाढी कम भएपछि सबै विस्थापितलाई उचित व्यवस्थापनका साथ घर फर्काउने पहल भइरहेको जानकारी दिएका छन् । 

सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कोसी कटान नियन्त्रण गर्न सुरक्षा कर्मीलगायतको जनशक्ति परिचालन गरिएको बताएका छन् । 

उनले डुवान क्षेत्रमा पानीको सतह धेरै कम भएकाले सयमित र सतर्क रहन पीडितहरुलाई आग्रह गरेका छन् । 

पीडितहरुले घर फर्कने वातावरण मिलाइदिन र उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.