पेलोसीको ताइवान भ्रमण स्वभाविक भएको अमेरिकाको भनाइ

पेलोसीको ताइवान भ्रमण स्वभाविक भएको अमेरिकाको भनाइ

वासिङटन डिसी : अमेरिकी सभामुख न्यान्सी पेलोसीको भर्खरै सम्पन्न ताइवान भ्रमणबारे ह्वाइट हाउसले फेरि एकपटक स्पष्टीकरण दिएको छ। ह्वाइट हाउसका प्रवक्ता क्यारिन जो-पियरेले सभामुखलाई आफूले चाहेको ठाउँमा जान पाउने अधिकार रहेको बताएकी छन्।

ह्वाइट हाउसको नियमित ब्रीफिङमा सोधिएको प्रश्नको जवाफ दिँदै क्यारिन जो-पियरले भनिन्, 'म उनको सहयोग मात्र गर्छु। उनी कहाँ जाने निर्णय गर्दिनँ। यो निर्णय उनकै हो।'

यसले अमेरिकाको दीर्घकालीन नीतिलाई कुनै पनि असर नगर्ने उनले स्पष्ट पारिन्। उनले पेलोसीको ताइवान भ्रमणले अमेरिकी नीतिमा परिवर्तन नहुने बताउँदै चीनले यो भ्रमणलाई संकटका रूपमा हेर्न आवश्यक नरहेको बताइन्। 

उनले भनिन्, 'यो भ्रमणको बहानामा चीनले ताइवान क्षेत्र वरपर आफ्नो आक्रामक सैन्य गतिविधि बढाउनु आवश्यक छैन।'
 
जी-७ देशहरूले चीनको उक्त व्यवहारको आलोचना गरेको उनले बताइन्। अमेरिका पनि जी-७ को सदस्य हो। उनले आफूहरुलाई चीनले यस्तै व्यवहार गर्छ भनेर पहिलै थाहा भएको उल्लेख गरिन्। तर यसले आफ्नो नीतिलाई असर नगर्ने उनको भनाइ थियो। पियरेले अमेरिकीहरूले चीनको गतिविधिमाथि नजर राखेको पनि स्पष्ट पारिन्।

हालसालै, चीनको चेतावनी बाबजुद न्यान्सी पेलोसीले ताइवानको यात्रा गरेकी छन्। चीनले आफ्नो एक चीन नीति अन्तर्गत ताइवानलाई आफ्नो हिस्सा मान्छ। तर, ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र मानेको छ। पेलोसीको भ्रमणपछि चीनले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ। 

उसले ताइवान सीमा नजिकै सैन्य अभ्यास पनि सुरु गरेको छ। धेरै चिनियाँ जेट विमानहरू पनि लगातार ताइवानको आकाशमा प्रवेश गरिरहेका छन्। बीबीसी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.