व्यवहारिक र स्थानीय जनताको मनोभावना समेट्न मुक्तिनाथको विधान संशोधन

व्यवहारिक र स्थानीय जनताको मनोभावना समेट्न मुक्तिनाथको विधान संशोधन

जोमसोम : मुक्तिनाथ विकास समितिको विधान संशोधन प्रक्रिया अघि बढेको छ। २०६४ सालमा निर्माण भएको विधान संशोधन गर्न लागिएको हो। हाल कार्यान्वयनमा रहेको विधानले व्यवहारिक र स्थानीय जनताको मनोभावनालाई समेट्न नसकेकाले संशोधन गर्न लागिएको समितिका सदस्य सचिव हरि भुजेलले बताए। हालको समिति क्रियाशील नरहेको र कतिपय विषयमा समितिको विधानले कार्यादेश र मार्गप्रशस्त गर्न नसकेको भन्दै संशोधन गर्न माग उठिरहेको थियो। 

समितिका अध्यक्ष नेत्रप्रसाद शर्माको अध्यक्षतामा बिहिबार जिल्ला प्रशासन कार्यालय मुस्ताङमा बसेको विकास समिति, सर्वदलीय तथा सर्वपक्षीय बैठकले समितिको विधान संशोधन र अदालतको फैसला कार्यान्वयन लगायत तीनबुँदे निर्णय गरेको हो।

मुक्तिनाथ मन्दिरमा चढाइने भेटिको स्वामित्व बारे अझै विवाद छ। कानुनी तवरबाट मन्दिरमा चढाइने नगद तथा जिन्सी भेटी समितिको स्वामित्वमा रहने भन्ने अदालतको आदेशलाई स्थानीयस्तरमा ग्रहण गर्ने सक्ने अवस्था छैन। मुस्ताङमा सडक सञ्जाल नहुँदा मन्दिरमा रहने आनीझुमाहरूलेनै मन्दिरको रेखदेख गर्ने आइरहेको मन्दिरका मुख्य लामा बताउँछन्। अहिले मुक्तिनाथमा ४० जना झुमा छन्। उनीहरूलाई बर्सेनि आलोपालो मन्दिरको भेटी लिने र रेखदेख गर्ने गरिएको छ। मुस्ताङमा सडक सञ्जाल जोडिएसँगै मुक्तिनाथका आम्दानी बढेको भन्दै मन्दिरभित्रको नगद तथा जिन्सीमा नजर परेको मुख्य लामाको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.