गाडीका नम्बर प्लेट देखिने सीसीटीभी जडान

गाडीका नम्बर प्लेट देखिने सीसीटीभी जडान

स्याङ्जा : ट्राफिक कार्यालय स्याङ्जाले राजमार्गमा गुड्ने सवारी साधनका नम्बर प्लेट देखिनेगरी सीसीटीभी जडान गरेको छ। जसका कारण ट्राफिक प्रहरीलाई सुक्ष्म अनुसन्धानमा समेत सहज हुने देखिएको छ। 

कार्यालय भित्रको एउटा कक्षमा बसेर वीपी चोक, सहिदचोक, बाडखोला चोक र ट्राफिक चोकका गतिविधि सजिलै नियाल्न सकिने भएको ट्राफिक प्रमुख मिनबहादुर कुवँरले बताए। 
 

दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक कार्यालयलाई स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाले ३२ इन्चको डिस्प्ले बोर्डसहित वेभ क्यामरा उपलब्ध गराएको संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठले जानकारी दिए। 

सिद्धार्थ राजमार्ग अन्तर्गतको स्याङ्जा खण्डमा धेरै घुम्ती हुनुका साथै साँगुरो छ। पोखरा सुनौली जोड्ने राजमार्गमा भारतीय गाडीसमेत चल्ने गर्छन। दैनिक ३ देखि ४ सय वटा सवारी साधन यस खण्डमा गुड्ने गर्छन। वर्षातको समयमा दैनिक ३० देखि ३५ वटा र अन्य समयमा दैनिक ६० देखि ७० वटासम्म भारतीय सवारी साधनहरू ओहोरदोहोर गर्ने गरेको ट्राफिक प्रहरीका सहायक हवल्दार हेमबहादुर मल्लले जानकारी दिए। 

उच्च प्रविधि सहितको सीसीटीभी जडान गरेर अघिल्लो सातादेखि नियमन गर्दे आएको उनले बताए। कुन सवारी साधन कति बेला आए र गए। कहाँ के भए। कुन नम्बरको गाडी हो भनेर पत्ता लगाउन सहज बनेको ट्राफिक प्रहरीले जनाएको छ। यात्राका क्रममा यात्रुका छुटेका सामान पाउनका लागि सजिलो बनेको छ। मोबाइल, पर्स, छाता, झोलाजस्ता दर्जन भन्दा बढी सामान पत्ता लगाई सम्बन्धित व्यक्तिलाई बुझाइएको कार्यालयले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयमा रहेका १४ स्थानका राखिएका सीसीटीभीमध्ये केहीको मर्मतका लागि जिल्ला उद्योग वाणिज्य संघले सहयोग गरेको छ। ठूला सवारीसाधनका नम्बर प्लेट सजिलै देखिने भएको छ। अब स्कुटर र मोटरसाइकलको समेत देखिने गरी क्वालिटीयुक्त क्यामराका लागि पनि सहयोग गर्ने संघका अध्यक्ष श्रेष्ठले बताए।

स्याङ्जामा गत आर्थिक वर्ष २०७८/०७९ मा जिल्लाका विभिन्न २७ वटा सवारी दुर्घटना हुँदा ४० जनाले ज्यान गुमाएका छन्।  सोही अवधिमा ३३ जना गम्भीर र १५ जना सामान्य घाइते भए। आर्थिक वर्ष २०७७/०७८ मा यहाँ १६ वटा सवारी दुर्घटनामा १६ जनाको मृत्यु, २१ जना गम्भीर घाइते र पाँच सामान्य घाइते भए। आर्थिक वर्ष २०७७/०७८ मा अघिल्लो भन्दा २४ जना बढीले ज्यान गुमाए। 

गएको वैशाख ३० गते स्थानीय तहको निर्वाचनका दिन वालिङ-१४ अर्खलवासस्थित ग्रामीण सडकमा मतदाता बोकेको जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो। आर्थिक वर्ष २०७६/७७ मा स्याङ्जामा १५ सवारी साधन दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको थियो। 

पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा स्याङ्जामा सवारी दुर्घटनामा परेर मृत्यु र घाइतेको संख्या बढ्दै गएको देखिन्छ। सीमित प्रहरी हुनु, यात्रु तथा चालकको लापरबाही, क्षमता भन्दा बढी यात्रु राख्नु र पुराना र मर्मत नगरिएका सवारी साधन सञ्चालन गर्नु र जथाभावी सडक खन्ने होडबाजीका कारण दुर्घटना बढेको हुन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.