रणवीर सिंहलाई फेरि आयो 'न्युड फोटोसुट' को अफर

रणवीर सिंहलाई फेरि आयो 'न्युड फोटोसुट' को अफर

नयाँ दिल्ली : भारतीय अभिनेता रणवीर सिंहलाई एकफेर फेरि न्युड फोटोसुटको अफर आएको छ। जनावरको अधिकारको लागि काम गर्ने संस्था पेटा इन्डियाले आफ्नो एक क्याम्पेनको लागि उनलाई चिठी पठाएको छ।

यसअघि रणवीरले एक विदेशी म्यागाजिनको कभर बनाउनको लागि न्युड फोटोसुट दिएका थिए। त्यसले उनलाई निकै विवादमा तानेको थियो। उनीविरुद्ध मुम्बईमा एफआईआर दर्ता भएको थियो । सोही क्रममा आलिया भट्ट, विद्या बालन जस्ता बलिउड स्टार उनको समर्थनमा देखिएका थिए ।

पीपल फर एथिकल ट्रीटमेन्ट अफ एनिमल्स (पेटा) ले रणवीर सिंहको  म्यागजिनको लागि गरिएको फोटोसुट आफूहरुले हेरेकोले आफ्नो लागि पनि नग्न तस्बिर खिचिदिन्छन् भन्नेमा आशावादी रहेको बताएको छ।

फोटो सुटको शीर्षक 'अल एनिमल्स ह्याभ सेम पार्टस- ट्राइ भेगन?' भन्ने छ। एक रिपोर्टलाई उद्धृत गर्दै, पेटाले  रणवीर सिंह एक फिल्मको लागि भेगन बनेका बताएको छ। पेटाको भनाइ अनुसार भेगन खानाले जनावरहरूलाई मद्दत गर्छ। बीबीसी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.