'हामीलाई अर्को जन्मदिनको शुभकामना' भन्दै भारतमा इन्जिनियरले श्रीमती र छोरीसहित गरे आत्महत्या

'हामीलाई अर्को जन्मदिनको शुभकामना' भन्दै भारतमा इन्जिनियरले श्रीमती र छोरीसहित गरे आत्महत्या

लखनउ : भारतको उत्तर प्रदेशको राजधानी लखनउमा एकै परिवारका तीन जनाले आत्महत्या गरेका छन्। उनीहरुले केकमा विष मिसाएर खाएको प्रहरीको भनाइ छ। 

नलकुप विभागमा इन्जिनियर रहेका शैलेन्द्र कुमार श्रीमती र छोरीसहित आत्महत्या गरेका हुन्। शैलेन्द्रले आफूसहित छोरी र श्रीमतीलाई केक खुवाएर 'हामी सबैलाई अर्को जन्मदिनको शुभकामना' भनेका थिए।

छिमेकीहरुले विष मिश्रित केक खाएको थाहा पाएपछि अस्पताल लैजान खोजेका थिए। शैलेन्द्रले 'हामीलाई छोडदेउ, अस्पताल नलैजाउ' भन्दै विन्ती गरेका  थिए। स्थानीय बासिन्दा लवकुशका अनुसार उनीहरुलाई अस्पताल पुर्‍याइए पनि उनीहरुको मृत्यु भइसकेको थियो।

प्रहरी यो विषयमा छानबिन गरिरहेको छ। अन्तिम संस्कारका दिन उनको घरमा चोरीसमेत भएको थियो। घरमा सुसाइड नोट पनि भेटिएको प्रहरीको भनाइ छ। 

प्रहरीले सुसाइड नोटको आधारमा छानबिन गरिररहेको छ। जसमा उनले आत्महत्याको कारण भाइलाई लगाएका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.