मिथिलाञ्चलका विलुप्त लोकगीत

मिथिलाञ्चलका विलुप्त लोकगीत

सावन हे सखी

सावन के बुन्द झिसी
पियासँग खेलब पचिसी

सावन महिना सरस र सुन्दर हुन्छ जस्तो वसन्त ऋतु पनि सरस र सुुन्दर हुन्छ। यस ऋतुमा पति र पत्नी र प्रेमी र प्रेमिका वर्षात्को रमझममा रुझ्दै आमोद प्रमोदमा बिताउने लामो परम्परा रहेछ तर अहिले यो लोकगीत पनि विस्तार विस्तार विलुप्त हुँदैछ।

कीर्तनिया नाच पनि क्रमशः क्रमशः लोपोन्मुख अवस्थामा पुगिसकेको चिन्ताजनक स्थिति छ। मिथिलाञ्चलको प्रत्येक गाउँमा सत्यनारायणको पूजाको अवसरमा (भष्टयाम एकाह) तखुराम अन्य भौगोलिक अवस्थामा कीर्तन गर्ने लामो परम्परा थियो। 

अचेल सत्यनारायण भगवान्को पूजाआजा त हुन्छ तर यस अवसरमा गाइने यो लोकभजन विलुप्त एवम् विस्मृत भएको छ। यसमा भक्तजनको एउटा समूह हाम्रो नियम, ढोल, पिपही, झाल तथा मजिराको साथमा कीर्तन गर्ने गर्दथ्यो। राधाकृष्ण र सीतारामको जीवनको कुनै प्रसंग विशिष्ट आयोजनामा विभिन्न भाव मार्गिमा अनुसार अंग सञ्चालनद्वारा भावनृत्य गर्ने परम्परा थियो। साथै धार्मिक कीर्तन गर्ने गरिन्थ्यो तर अचेल यो परम्परा जीवित छैन।

यस अवसरमा गाइने कीर्तनमा लोकनाचमा गाइने गीत यहाँ प्रस्तुत गरिन्छ :
अपन कोमल पद कहिया देखाएव हे 
रघुनन्दन स्वामी
अब दुःख सहलो न जाय हे रघुनन्दन स्पामी।
परम दयालु अहाँ गरीव नेवाजु हे रघुनन्दन स्वामी
किए देलौ हमरा बिसराम हे रघुनन्दन स्पामी।
लाख चौरासी हम घुमी फिरी आरलो हे 
रघुनन्दन स्पामी
अखनौ शरणियं लियौ हे रघुनन्दन स्पामी।

अर्थात् हे रघुनन्दन स्वामी राम ! हजुर आफ्नो सुकोमल चरण फेरि कहिले देखाउनु हुन्छ ? अब दुःख सहने नै स्थिती छैन। हजुरको दर्शनबिना भक्तहरूको दुःख असाध्यै वृद्धि भइरहेको छ। हजुर असाध्यै दयालु हुनुहुन्छ। हामी गरीवलाई किन बिर्सनु भयो। जन्म मरणको चक्रमा परी हामी चौरासी लाख योनीमा घुमीफिरी आएका छौं। तसर्थ हाम्रो विनम्र प्रार्थना के छ भने हामीलाई आफ्नो शरणमा राखी हाम्रो अभिलाषा पूर्ण गरिदिनुहोस।

साउन भदौको शान्त वातावरणलाई पूर्ण सांगीतिक बनाउन यस लोकगीतको धेरै महत्तवपूर्ण भूमिका हुन्छ। धान रोप्ने किसानहरू थकाइ मार्न र मनोरञ्जनका लागि यो लोकगीत गाउने गर्छन्।

मैथिली भाषामा एउटा लोकोक्ति छ सब मउगी झुमर पारे त लुलोकहे हमह अर्थात् सबै महिला लोकगीत गाउनमा लीन भएर आनन्द मनाउन लागेकोमा लुली आइमाईले पनि सो आनन्दमा भाग लिन खोज्छिन् तर उसका लागि यो संभव नै न हुने वास्तविकता उसलाई थाहा छैन। यस्तो गीतलाई झुमर भनिन्छ। जुन विवाहको अवसरमा गाइन्छ। झुमर लोकगीतमा प्रेमद्वार, करुण चित्कार, अन्तर व्यथा र विरह वेदनाको अभिव्यक्ति हुन्छ। एउटा झुमर लोकगीत प्रस्तुत छ जुन लोपोन्मुख भइसकेको छ।

पिया हे नैहरमे भाइको विआह देखय हम जायव
सुन हे प्राण देखय हम जायव
धनी हे घरय देह सिरबा पर हाथ कतेक दिन रहब
पिया हे नै घरवै सिरबा पर होथ बरस बीति आयव
सुन हे प्राण वरस बीति आयव
सुन हे प्राण वरस–वरस बीति आयव
धनि हे करबह मे सोलहो सिंगार केही के देखाएव
सुन हे प्राणप्यारी के देखाएव
पिया हे करवै मे सोलहो सिंगार सखीके देखाएव
सुन हे प्राण सखी के देखाएव।

अर्थात् प्रियतमा आफ्नो प्रियतमसित भनिरहेकी छन्, माइतीमा भाइको बिहे छ, म हेर्न जान्छु। सुन्नुस् हे प्राण ! म हेर्न जान्छु। शिरमा हात राखेर मन कति दिन बस्छौ ? सोह्र शृंगार गरेर सखीलाई देखाउँछु। झुमर लोकगीतको एउटा अर्को गेंडा प्रस्तुत छ :
टाढी इजोरिमा हे निरमल रतिया
सखी सँगे खेलवै झूमरिया।

झुमर लोकगीतमा राधाकृष्णको प्रेमको प्राद्यान्य प्रष्ट छ, मोरङको घाँगड समुदायमा पनि राघाकृष्णसित सम्बद्ध झूमर लोकगीत प्रचलित छ। मिथिलावासी मुख्यत शैव हुन्छन। शिवभक्तिमा शतत् संलग्न हुन्छन। मिथिलाञ्चलमा प्रचलित शिवभक्ति गीत दुई प्रकारको हुन्छ। नचारी एवम् महेश वाणी। यी दुइटै किसिमका गीतहरूको उद्देश्य शिवभक्ति मात्र हुन्छ। 

तथापि दुइटैमा अन्तर पनि प्रष्ट हुन्छ। नचारी लौकिक रूपको भक्ति हुन्छ भने महेशवाणी अलौकिक विषयवस्तुसित सम्बद्ध। यसमा शिवको अलौकिक रहस्यमय स्वरूपको विवरण हुन्छ। त्रिभुवन पति शिवका वस्त्राभूषण, भोजन र आभूषण आदिको रहस्यमयताको रोचक वर्णन यसमा पाइन्छ :
ओ ! भाइ हम नही शिव से गौरी बिआहव मोरे गौरी रहति कुमारी गे माई। गालो चोकटल मोछ,
पाकल पैरोमे फाटल बेमाई गे माई गौरी लक भागव गौरी लक पडाएव नैहर
गे माई भनहि विद्यापति सुनु हे मनाइन 
इहो थिक त्रिभुवननाथ शुभ–शुभ कए गौरीके वियाह”

यस्तै विषहरी लोकगीत पनि विलुप्त प्रावस्थामा पुगिसकेको छ जस्तो लाग्छ। विषहरीको पूजा श्रावण पञ्चमी तिथिमा हुन्छ। यसलाई मैथिल जनजीवनमा नागपञ्चमी (लग पाँचे) भन्ने गरिन्छ। मैथिलहरूले शिवको आभूषण नागलाई आदर, आराधना गर्ने परम्परा धेरै पुरानो छ। यो धार्मिक अवस्थाको प्रतीक हो। नागपञ्चमी बाहेक विषहरीका पूजा मधुश्रावणीको शुभ उपलक्ष्यमा पनि हुने गर्छ। यसमा विषहरीको गीत गाउने प्रचलन छ जुन अहिले सुनिँदैन।
पिअर अचरवा विषहरि लामी लामी केश,
घुमइत आवए विषहरि तिरहुत देश।
तोहरो सिंगार विषहरि गोदी मोरी दुध।
हमरो सिंगार विषहरि शिरके सिन्दुर,
कऔने फूल उजर कऔने फूल लाल
बेली फूल उजर गेन्दा फूल लाल
उडहुल फूल विषहरि के शोनम ग्रीवाहार।

मिथिलामा राम र कृष्ण भगवान्को पूजा आजा खूव धूमधामसित गरिने प्रचलन छ। यस्तो अवसरमा पनि भक्तिगीत गाइन्छ। प्रस्तुत छ, एउटा यस्तै भक्तिगीत जुन कृष्णप्रति समर्पित छ। अचेल यसको स्वर एवं स्वरलहरी विलुप्तावस्थामा पाइन्छ :
रहि रहि जिया ललचाय हो मुरलिया के धुन सुनी
मुरलिया के धुन सुनी वसुरिया के धुनी सुन रहि रहि
ब्रहम त्यागल ब्रहमलाके के शिवजी तेजल 
कै लाश हो
राजा छाडल राजपाट के रानी छाडल सिंगार हो मुरलिया
गइया छाडल घासो चरव बछडा छोडल हमार हो।

मिथिलाञ्चलमा एउटा चर्चित गीत चाँचरको चर्चा चरिचर्चा पनि अहिले सुनिने होइन। यस लोकगीतको गायन पनि सुनिँदैन। चाँचर शब्दको शाब्दिक अर्थ हुन्छ पर्ती जग्गा। यसै पर्ती जग्गालाई जोतेर धानको रोपाइँका लागि तयारी गर्ने बेलामा गाइन्छ यो थारुगीत र यसलाई चाँचर लोकगीत भनिन्छ।

मैथिलहरूले शिवको आभूषण नागलाई आदर, आराधना गर्ने परम्परा धेरै पुरानो छ। यो धार्मिक अवस्थाको प्रतीक हो। नागपञ्चमी बाहेक विषहरीका पूजा मधुश्रावणीको शुभ उपलक्ष्यमा पनि हुने गर्छ।

साउन भदौको शान्त वातावरणलाई पूर्ण सांगीतिक बनाउन यस लोकगीतको धेरै महत्त्वपूर्ण भूमिका हुन्छ। धान रोप्ने किसानहरू थकाइ मार्न र मनोरञ्जनका लागि यो लोकगीत गाउने गर्छन। शारीरिक शैथिल्य तथा परिश्रमबाट उत्पन्न उदासीलाई सरस तथा संगीतमय बनाउन यो लोकगीत गाइने गरिन्थ्यो। प्रस्तुत छ चाँचर लोकगीत :
कहमे से अतई बदरिया कहमे से अतई जठ भाइ
ससुर से एतई बदरिया नहिरे से एतई जेठे भाइ
कथीपर बैठबई बदरिया कथीपर बैठबई जेठ भाइ
खरतर बेठबई बदरिया अचरे बेठबई जठ भाइ
कथी लोटा पानी देखाई बदरिया कथी लोटा पानी जेठ भाइ
उम्महे कुच लोटा पानी देवेई बदरिया झारि लोटा पानी जेठ भाइ
कथी खिचेबई बदरिया कथी खिचवे जेठ भाइ
खुद्दी चुनी लबइ बदरिया खुएवई जेठ भाइ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.