जनादेशबाटै गलत कदमको अन्त्य हुन्छ: उपाध्यक्ष नेम्वाङ

जनादेशबाटै गलत कदमको अन्त्य हुन्छ: उपाध्यक्ष नेम्वाङ

दाङ : नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले सरकारको गलत कदम जनादेशबाटै अन्त्य हुने बताएका छ्न। लामो समयसम्मको राजनैतिक अस्थिरताको अन्त्य गर्न जरुरी रहेको भन्दै उनले अब जनादेशका माध्यमबाटै देशको अस्थिरतालाई हटाउने बताए। अस्थिरता कायम हुनु नै गलत कदम भएकाले त्यसको अन्त्य निर्वाचनबाट हुने उनको भनाइ छ।

उनले आगामी निर्वाचनमा विचार मिल्ने पार्टीसँग चुनावी तालमेल हुने बताए। प्रेस चौतारी नेपाल दाङले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष नेम्वाङले सरकारले निर्वाचनको मिति तोक्नु स्वागतयोग्य भएको उल्लेख गरे। सरकारले निर्वाचन मिति तोकेको छ, यो स्वागत योग्य छ, उनले भने 'प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा विचार मिल्ने पार्टीसँग चुनावी तालमेल गरेर निर्वाचनमा होमिन्छौं।'

गलत बाटोबाट पार्टीमा विभाजन ल्याउनुका साथै ११ महिनादेखि एमालेले दर्ता गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा राखिनु गलत रहेको भन्दै उपाध्यक्ष नेम्वाङले यी सबै गलत कदमको अन्त्य जनादेशबाट गर्ने बताए। 

सर्वोच्च अदालत कायम मुकायम प्रधान न्यायाधीशको भरमा चलाउनु लज्जाको विषयको भएको बताउँदै उपाध्यक्ष नेम्वाङले प्रधान न्यायाधीशमाथि लगाइएको महाभियोग नटुंग्याएर सरकारले गलत गरेको बताए। 

'प्रधानन्यायाधीशलाई महाभियोग लगाएर लामो समयसम्म सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशको भरमा चलाइएको छ' उनले भने 'संसदमा दर्ता भएको महाभियोगको विषयमा छलफलै नगरी मुलुकको सर्वोच्च निकाय सर्वोच्च अदालत यति लामो समयसम्म कामु प्रधान न्यायाधीशको भरमा चलाइनु लज्जाको विषय हो।'

पाँच दल मात्र नभई दश दल भएर आए पनि एक्लै सामना गर्ने ताकत एमालेसँग भएको भन्दै उपाध्यक्ष नेम्वाङले एमालेका बिरुद्ध गठबन्धन हुनुले निर्वाचन पहिले नै एमालेको आधा जीत भइसकेको बताए। गठबन्धन आफैंमा संसदीय मूल्य मान्यताविपरीत भएको आरोप लगाउँदै एमालेसँग एक्लै लड्ने हैसियत कसैले राख्न नसक्ने प्रमाणित भएको बताए। 

एमालेबिरुद्ध जुन गठबन्धन भएपनि यसलाई  आफूहरुले  एमालेको आधा विजय भएको  ठानेको बताए। सत्ता स्वार्थमा लिप्त हुँदै देशलाई श्रीलंकाको बाटोमा हिँडाउन गठबन्धनका नेताहरू लागिपरेको भन्दै नेम्वाङले यो कार्यशैलीलाई परास्त गर्दै बलियो राष्ट्रिय शक्तिका रूपमा रहेको एमालेलाई काम गर्ने वातावरण बनाउन निर्वाचनका माध्यमबाट जनताले फैसला गर्नुपर्ने बताए। 

'देशको अग्रगमनका लागि हामीले नयाँ जनादेशको कुरा गर्दा अराजनीतिक पार्टी, राष्ट्रघाती भन्नेहरु टाउको जोडेर जनताको बीचमा भ्रमको खेती गरिरहेका छन्। जनताले उनीहरुको कार्यशैली र गतिविधिलाई बुझेका छन्' उनले भने 'जसले राष्ट्र र राष्ट्रियताका लागि सरकारमा बसेर काम गर्‍यो, जनताको जनजीविकालाई माथि उठाउन समाजमा योगदान दिन खोज्यो, उसलाई जनताले रुचाइरहेका बेलामा अपवित्र गठबन्धन गर्नेहरूले रुचाएनन्। आखिर देशलाई यस्तो अवस्थामा ल्याउनका लागि रहेछ भन्ने आज प्रमाणित भएको छ।'
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.