इजरायल-प्यालेस्टाइनबीच गोलावारी जारी, बालबालिकासहित ३२ को मृत्यु
गाजा : इजरायल र प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे)बीच गोलावारी जारी छ। सो गोलावारीमा ३२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ बालबालिका पनि रहेका छन् ।
इजरायलले गाजा पट्टीमा शुक्रबार (५ अगस्ट) हवाई आक्रमण गरेको थियो, जसमा हमासका वरिष्ठ कमाण्डर तैसिर अल-जबारीको पनि मृत्यु भएको थियो। आइतबारको आक्रमणमा अर्का कमाण्डर पनि मारिएका छन् । इजरायली सेनाले हमासका दोस्रो शीर्ष कमाण्डर खालिद मन्सुर हवाई हमलामा मारिएका जनाएको छ।
प्यालेस्टिनी स्रोतका अनुसार उत्तरी गाजाको जबलियाको शरणार्थी शिविरमा शनिबार राति भएको विस्फोटमा चार बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन्।