स्याङ्जामा ६ हजार ४ सय मतदाता थपिए

स्याङ्जामा ६ हजार ४ सय मतदाता थपिए

स्याङ्जा : स्याङ्जामा ६ हजार ४ सय मतदाता थपिएका छन्। असार १ गतेदेखि सञ्चालित मतदाता नामावली संकलन अभियानपछि ती मतदाता थपिएका हुन। 

जिल्ला निर्वाचन अधिकारी गुरुप्रसाद मरासीनीका अनुसार जिल्ला बाहिरबाट नाम सार्ने र सच्चाउनेको विवरण आउन बाँकी छ। उनले भने, 'यो संख्या भनेको जिल्लामै फोटो खिचाउने र मतदाता नामावलीमा नाम चढाउनेको मात्र हो।' 

सरकारले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेसँगै साउन १९ गतेदेखि मतदाता नामावली संकलन कार्य स्थगित भएको छ। सरकारले स्थानीय तहको निर्वाचनपछि असार १ देखि मतदाता नामावली संकलनको काम गर्दे आएको थियो।

स्याङ्जामा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय वालिङबाट मतदाता नामावली सहित फोटो खिचाउने काम भएको थियो।

बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा स्याङ्जामा २ लाख ४० हजार ५३५ मतदाता थिए। योसँगै अब बाहिरी जिल्लाबाट थपिनेबाहेक २ लाख ४६ हजार ९३५ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ। 

निर्वाचन कार्यालय स्याङ्जा। तस्बिर : भवानी अधिकारी 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.