प्रदेश सभा अगाडि प्रदर्शन : 'थरुहट कोचिला' नभए सशक्त आन्दोलन

प्रदेश सभा अगाडि प्रदर्शन : 'थरुहट कोचिला' नभए सशक्त आन्दोलन

विराटनगर : प्रदेश १ को नाम 'थरुहट कोचिला' नभए सशक्त आन्दोलन गर्ने थरुहट कोचिला संयुक्त संघर्ष समितिले जनाएको छ। इतिहासको आधारमा पनि यो प्रदेश थारुहरू र राजवंशीको भूमि भएकाले नामकरण गर्दा थरुहट कोचिला राख्नु पर्ने समितिको माग छ। 

प्रदेशसभाको बैठक चलिरहेका बेला थरुहट कोचिला संयुक्त संघर्ष समितिले प्रदेशसभा अगाडि आयोजना गरेको प्रदर्शनका क्रममा वक्ताहरूले थरुहट कोचिलाबाहेकका नाम आफूहरूले स्वीकार नगर्ने बताएका छन्। सो क्रममा मधेश आन्दोलनका अगुवा किशोर विश्वासले थारु र मधेशीको भावना विपरीतको प्रदेशको नाम कुनै हालतमा स्वीकार गर्न नसकिने बताए। 

उनले थारु मधेशी नै एक तिहाई भएकाले प्रदेशको नाम लिम्बुवान वा किराँतसहित अन्य राखे प्रदेशको लागि आत्मघाति हुने बताएका छन्।

विभिन्न प्रपञ्च गरेर थारु मधेशीलाई आन्तरिक उपनिवेश बनाएको बताउँदै उनले भने 'हाम्रो माग सुनियोस्, नभए प्रदेश सभा नै घेर्नेछौं।' प्रदेशको सीमांकनमा नै विमति रहेका बेला नामकरण पनि थारु मधेशीको भावना विपरीत भए ८ प्रदेश स्थापना गर्नुपर्ने बताए।

सोही कार्यक्रममा छवीलाल राजवंशीले थारु र राजवंशीको  पुनर्वास र भूमिसुधारको नाममा राज्यको जग्गा कब्जा गरेर पहचान मेटाएको उनको भनाइ छ। 

समितिका सहसंयोजक भीम राजवंशीले भेलाले प्रदेश १ को नाम दुई तिहाई जनसंख्या रहेका उदयपुर, सुनसरी, मोरङ र झापाका बासिन्दाको पहिचान झल्किने 'थरुहट-कोचिला'  नाम राख्नुको विकल्प नभएको  बताए। अहिले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूले छलफल गरिरहेका नाम आफूहरूलाई मान्य नहुने उनको तर्क छ। 

लिम्बुवान किराँत प्रदेश नामकरणको माग गर्दे संघीय लोकतान्त्रिक राष्ट मञ्चले प्रदर्शनसमेत गरेका थिए।     


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.