तुलसीपुरमा स्थानीय पाठ्यक्रम 'हाम्रो तुलसीपुर' तयार

तुलसीपुरमा स्थानीय पाठ्यक्रम 'हाम्रो तुलसीपुर' तयार

दाङ : तुलसीपुर उपमहानगरपालिकाले हाम्रो तुलसीपुर नामक स्थानीय पाठ्यक्रम तयार पारेको छ। तयार पारिएको स्थानीय पाठ्यक्रम सार्वजनिक गरिएको छ। शिक्षा महाशाखाले तयार पारेर सार्वजनिक गरेको स्थानीय पाठ्यक्रम अब विद्यालयस्तरमा लागु हुने छ। 

नगरले तयार पारेको पाठ्क्रम कक्षा पाँच र आठबाहेक अन्य कक्षामा यसै वर्षदेखि नै कार्यान्वयनमा आउने भएको छ। स्थानीय पाठ्यक्रम कक्षा एकदेखि आठसम्मका लागि तयार पारिएको हो। पाठ्यक्रम २०७८ पौष महिनादेखि सुरु गरिएको थियो।

पाठ्यक्रममा कक्षा एकदेखि पाँचसम्म तुलसीपुरको परिचय, स्थानीय संरचना सेवा प्रवाह, तुलसीपुर क्षेत्रमा रहेका सम्पदा, पेशा, व्यवसाय र प्रविधि, मानवीय मूल्य र स्वास्थ्य शिक्षा, वातावरण र कर्तव्य, दुर्घटना र विपद् व्यवस्थापन शीर्षकमा तयार पारिएको छ। यस्तै कक्षा ६, ७ र ८ मा ती विषयवस्तुसहित व्यवहारिक लेखनलाई समेत समेटिएको छ। पाठ्यक्रमभित्र सामाजिक, आर्थिक, धार्मिक, पर्यावरणीय विषयवस्तुहरूलाई समेटिएको छ।

 
नगर प्रमुख टिकाराम खड्काले तत्कालै विद्यालयमा पाठ्यक्रम पुर्‍याइने बताए। खडकाले पाठ्यपुस्तकका रूपमा तयार पार्ने कामलाई समेत तीव्रता दिइने बताए। तुलसीपुर क्षेत्रको शिक्षाको अवस्थालाई माथि उठाउनका लागि सामुदायिक र संस्थागत विद्यालयहरूको भूमिका रहने बताए। 

पाठ्यक्रम निर्माण तथा लेखन समितिको संयोजकमा शाखाका प्रमुख चक्रबहादुर भण्डारी, सदस्यहरूमा झरेन्द्र खरेल, नायाण भण्डारी, खगेन्द्रप्रसाद काफ्ले, दिनेश डाँगी, झक्कुप्रसाद केसी, लेबेन्द्र केसी, मधुसुदन गौतम, सुनिता यादव, मदनकृष्ण देवकोटा, ज्ञानबहादुर डाँगी र सदस्य सचिवमा शाखा अधिकृत मनबहादुर खड्का रहेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.