एमालेको दवावले सरकार निर्वाचनको मिति तोक्न बाध्य भयो : नेम्वाङ

एमालेको दवावले सरकार निर्वाचनको मिति तोक्न बाध्य भयो : नेम्वाङ

फिदिम : नेकपा (एमाले) संसदीय दलका उपनेता सुबासचन्द्र नेम्वाङले एमालेको दवावका कारण सरकारले निर्वाचनको मिति तोकेको बताएका छन्।‘सरकारले निर्वाचनलाई पछि धकेल्ने षडयन्त्र गरिरहेको थियो,’ नेम्वाङले भने, ‘एमालेले निर्बाचन गराउन दवाव दिएपछि बाध्य भएर सरकारले निर्वाचनको मिति तोकेको हो।’ 

एमालेसँग चुनाब लड्न डराएर काँग्रेस–माओवादीले अपवित्र गठबन्धनको अभ्यास गरेको उनले बताए। प्रेस चौतारी पाँचथरले मंगलबार फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेम्वाङले सरकारको असक्षमताका कारण संसदले काम गर्न नसकेको आरोप लगाए। 

‘एमालेका पनि केही कमजोरी होलान्,’ उनले भने, ‘एमालेको स-साना कमजोरीलाई देखाएर सरकारको ब्लण्डरलाई ढाकछोप गर्न मिल्दैन।’ एमालेले पनि कमजोरी गरेको भन्दै सरकारका राष्ट्रघाति कदमलाई ढाकछोप गरिएको उनको तर्क छ।  

पत्रकारहरुसँग कुरा गर्दै नेम्वाङले काँग्रेस–माओवादीको गठबन्धनलाई दुषितको संज्ञा दिएका छन्। ‘विचार नमिल्ने दलहरुबीचको गठबन्धन दुषित छ,’ नेम्वाङले भने, ‘ यो गठबन्धन नेताहरुको स्वार्थमा केन्द्रित छ। यो गठबन्धनले देशलाई निकाश दिन सक्दैन।’

एमाले एक्लै चुनाब लड्न सक्षम रहेको नेम्वाङको तर्क छ। ‘एमाले अप्राकृतिक गठबन्धन गरेर चुनाब लड्दैन,’ उनले भने,  ‘एमाले एक्दै चुनाब लड्न सक्ने नेपालको एक मात्र पार्टी हो।’ अहिलेको गठबन्धन संविधान, नियम र कानुन विपरित भएको नेम्वाङको तर्क छ।

पत्रकार सम्मेलनमा बोल्दै एमाले सचिव योगेश भट्टराईले देशको अर्थतन्त्र धराशयी भएको बताए।  पार्टी कार्यकर्तालाई प्रशिक्षण दिने शिलशिलामा एमाले नेताहरु पाँचथर आएका हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.