काठ कटानको विरोध गर्दा सरुवा

काठ कटानको विरोध गर्दा सरुवा

विराटनगर : मोरङको सकलपुर सब डिभिजन बन कार्यालयभित्र अवैध रुपमा बनको काठ कटान हुने गरेको रहस्य बाहिर आएको छ। सब डिभिजन वनभित्र कार्यालय प्रमुखसहित वन कमान्डरको मिलेमतोमा अबैध रुपमा बनको काठ कटान हुने गरेको रहस्य खुलेको हो। 

सरकारको मापढण्ड विपरित तोकेको भन्दा बढी रुख काटेकोले विरोध गर्दा सशस्त्र वन रक्षक प्रेम विष्टको सरुवा भएपछि सो रहस्य बाहिर आएको हो।  

सलकपुर वन सब डिभिजन मातहतभित्र रहेको सामुदायिक वन भित्र अनुमति पाएको भन्दा हजारौँ क्यु फिट काठ वनका कर्मचारी र उपभोक्ता समितिको मिलेमतोमा बढी कटान भएको थियो। सो भिडियो बनाएर विष्टले अनियमितताको विरोध गर्दा उनको मधेस प्रदेशमा रहेको सर्लाहीको शम्भुनाथ वन कार्यालयमा सरुवा भएको हो।

करारको रुपमा कार्यरक्त विष्टको सरुवा पनि अवैधरुपमा गरिएको छ। वनभित्र भएको अनियमितताको घटना सार्वजनिक हुने डरले सुनियोजित तरिकाले आफ्नो सरुवा गरिएको उनले विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएका हुन्।
  
वन कमान्डर कुमारबहादुर बस्नेतको मुख्य योजनामा सामुदायिक वनभित्र अनुमति पाएको भन्दा बढी काठ कटान गरी उपभोक्ता समितिसँगको मिलेमतोमा व्यापक रूपमा घोटाला गरेको विष्टले आरोप लगाए। वन कमान्डर बस्नेत अवकाशप्राप्त पूर्व नेपाली सेना हुन्। उनी २०७१ सालको मंसिरदेखि करारमा वन कार्यालयमा सशस्त्र वन रक्षकका रूपमा कार्यरत छन्।
सलकपुर सब डिभिजनमा भएको काठ अनियमितताको छानबिन गर्न २०७८ माघ ३ गते अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले छानबिन सुरु गरेको छ। अख्तियारले छानबिन सुरु गरेपछि वनभित्र भएको घोटालाको विषयमा सबै बोलिदिने र प्रमाणहरू दिने भएकोले माघ २ गते कै मितिमा सरुवा गरेको उनले बताए।  
 
उनले भने, ‘कार्यालयका प्रमुखदेखि कर्मचारीले सेटिङ्गमा मेरो सरुवा गरेको हो।' उनले अवैध रुपमा काटिएको काठको भिडियो डिलेट गर्न कमाण्डर बस्नेतले लगाएको बताए। उनले मेस खर्च दिने भएकाले तत्काल खिचिएको भिडियो मोबाइलबाट हटाउन लगाएको बताए। 

'ढलेको काठ काट्ने अनुमति दिइएको थियो ठाडो सखुवाको काठसमेत काटेकाले भिडियो बनाएँ', उनले भने। वनभित्र धेरै नै अनियमिता भएको उनको भनाइ छ। आफूलाई अनियमिता गर्न अवरोध गर्ने भन्दै गलत तरिकाले सरुवा गरेपछि न्यायाको लागि विभिन्न निकायमा गएको उनले बताए। तीनपटक आफ्ना मातहतका सचिवलाई भेटेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लिखित निवेदन दिए पनि कसैले चित बुझ्दो जवाफ नदिएको उनले आरोप लगाए।

बिष्ट ३३ वर्षदेखि सर्प संरक्षणमा पनि लागेका छन्। उनले पाँच हजार भन्दा बढी सर्पको उद्धार गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.