ह्वाइट हाउसमा किन पर्‍यो चट्याङ? जहाँ तीन जनाले गुमाए ज्यान

ह्वाइट हाउसमा किन पर्‍यो चट्याङ? जहाँ तीन जनाले गुमाए ज्यान

काठमाडौं : अमेरिकाका राष्ट्रपति निवास ह्वाइट हाउसमा चट्याङ पर्दा तीन जनाको मृत्यु भयो। गत बिहीबार चट्याङ पर्दा उनीहरु ह्वाइट हाउसस्थित पार्कमा रमाइरहेका थिए। 

समाचार एजेन्सी रोयटर्सका अनुसार मृत्यु हुनेमा ७६ वर्षीय जेम्स म्युलर र उनी ७५ वर्षीया श्रीमती डोना म्युलर रहेका छन्। विकान्सिनका बासिन्दा उनीहरु ५६औं वैवाहिक वर्षगाँठ मनाउन ह्वाइट हाउस आएका थिए। लफायत पार्कमा रमाएरहेका उनीहरुको तत्कालै मृत्यु भएको थियो। 

चट्याङमा परेर २९ वर्षीय एक युवक ब्रुक्स ए लैबर्स्टनको पनि मृत्यु भएको थियो। एन्जल्सको सिटी नेशनल बैंकमा काम गर्ने उनी काम परेर ह्वाइट हाउस आएका थिए। चट्याङबाट घाइते भएका उनको अस्पतालमा मृत्यु भयो। अर्का एक महिलाको अस्पताललमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

ह्वाइट  हाउसमै चट्याङ परे मानिसको मृत्यु भएपछि यतिबेला उक्त घटना बहसको विषय बनेको छ। पछिल्लो तथ्यांकअनुसार अमेरिकामा ५० प्रतिशत बढी चट्याङ पर्न थालेका छन्। जसलाई वातावरणीय असरको रुपमा विज्ञहरुले हेरेका छन्।

चट्याङ परेको दिन अधिकतम् तापक्रम ४ डिग्री सेल्सियस रहेको थियो। सामान्य तापक्रम बढ्दा चट्याङ पर्न थालेपछि वैज्ञानिकहरु चिन्तित बनेका हुन्। अमेरिकामा प्रत्येक वर्ष ४ करोड पटक चट्याङ पर्छ। तथ्यांकअनुसार १० लाखपटक चट्याङ पर्दा एक जनाको मृत्यु हुने गरेको छ। विगत १५ वर्षमा अमेरिकामा ४ सय ४४ जनाको मृत्यु चट्याङका कारण भएको हो। 

सबैभन्दा लामो चट्याङ पनि अमेरिकामै परेको थियो। जुन ७६८ किलोमिटर लामो थियो। चट्याङ पर्ने समस्या अमेरिकामा मात्र होइन, भारत र ब्राजिलमा पनि बढिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.