विहारमा राजनीतिक उथलपुथल, नीतिश कुमारले तोडे बीजेपीसँगको गठबन्धन

विहारमा राजनीतिक उथलपुथल, नीतिश कुमारले तोडे बीजेपीसँगको गठबन्धन

पटना : विहारका मुख्यमन्त्री नीतिश कुमारले पदबाट राजीनामा दिएका छन्। विहारका राज्यपाल फागु चौहानलाई भेटेर उनले मंगलबार राजीनामा दिएका हुन्। 

उनले बीजेपीसँग धेरै कुरामा मतभेद रहेको भन्दै गठबन्धन तोड्दै राजीनामा दिएको बताएका छन्। गठबन्धन तोडेपछि बीजेपी नेताहरु रुस्ट बनेका छन्। चुनावी गठबन्धन गरेर धेरै सिट ल्याएर पनि बीजेपीले नीतिशलाई सरकारको नेतृत्व सुम्पेको थियो। तर बीजेपी नेता र नीतिशबीचको टकरावले गठबन्धन तोडिएको विश्लेषकहरु बताउँछन्।

गठबन्धन तोडेलगत्तै नीतिशले आफ्नै नेतृत्वमा सरकार बनाउने तयारी गरेका छन्। राजीनामा दिएलगत्तै उनले राष्ट्रिय जनता दलका नेता तेजस्वी यादवसँग भेट गरेका छन्। यादवको घरमा भेटवार्ता गरेका नीतिशले यादवको पार्टीबाट समर्थन पाउने भएका छन्। 

नीतिशले बिहारका जनतालाई धोका दिए : बीजेपी

भारतीय जनता पार्टी (बीजेपी)ले नीतिशले विहारका जनतालाई धोका दिएको बताएको छ। बीजेपीका विहार अध्यक्ष संजय जायसवालले विहारका जनताले यो कदापि नसहने चेतावनी दिए।

'यो विहारको जनता र बीजेपीसँग गरिएको धोका हो। जनादेशसँग गरिएको धोका हो। नीतिश कुमारले जनता र बीजेपीलाई धोका दिएका छन्,' उनले भने। 

को हुन् नीतिश कुमार ?

सन् १९७७ मा राजनीति यात्रा सुरु गरेका नीतिश कुमार छोटो समयमा आफ्नो पकड बनाउन सफल भएका छन्। उनलाई भारतको भावी प्रधानमन्त्रीको रुपमा पनि विश्लेषण गर्ने गरिन्छ। नीतिशले विहार कलेज अफ इन्जिनियरिङबाट बीटेकको अध्ययन गरेका छन्। उनी पटनाभन्दा ३५ किलोमिटर टाढा रहेको बख्तियारपुरका बासिन्दा हुन्।

विहारमा नीतिश कुमारले १५ वर्षसम्म शासन गरिसकेका छन्। उनी पहिलोपटक सन् २००० मा मुख्यमन्त्री बनेका थिए। तर, बहुमतको अभावमा उनी सात दिन पनि मुख्यमन्त्री पदमा रहन सकेनन्। त्यसपछि उनी सन् २००५ मा मुख्यमन्त्री बने। तेस्रोपटक सन् २०१० मा मुख्यमन्त्री बनेका थिए।

उनले २०१४ मा मुख्यमन्त्री पदबाट राजिनामा दिएका थिए। तर २२ फेब्रुअरी २०१५ मा उनी पुनः मुख्यमन्त्री बने। २० नोभेम्बर २०१५ मा उनले पाँचौपटक मुख्यमन्त्री पदको सपथ लिएका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.