सोताङ गाउँपालिकाको किर्ते हस्ताक्षर गरी क्यूआर कोड निकाल्ने प्रयास
सोलुखुम्बु : सोलुखुम्बुको सोताङ गाउँपालिकामा प्रमुख प्रशासकीय र स्वास्थ्य शाखा प्रमुखको किर्ते गरी कोभिड १९ को क्यूआर कोड जारी गर्ने प्रयास गरेको पाइएको छ।
साउन २३ गते स्वास्थ्य शाखा प्रमुख श्रीध्वज राई र प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीको किर्ते हस्ताक्षर गरी विभागमा पत्राचार गरेको पाइएको हो। [email protected] नामक फेक जिमेल आइडी तयार पारेर स्वास्थ्य मन्त्रालय र स्वास्थ्य व्यवस्थापन सुचना प्रणाली स्वास्थ्य सेवा विभागलाई पत्राचार गरेको र अनुमती प्राप्त गरेको पाइएको हो।
गाउँपालिकाको तर्फबाट पनि क्युआर कोड जारी भइरहेको समयमा अन्य व्यक्तीले पनि गैरकानुनी रुपमा क्यूआर कोड जारी गर्ने प्रयास भएकाले रोक्न र कारबाही गर्नका लागि ईलाका प्रहरी कार्यालय सोताङमा उजुरी दिइएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले जानकारी दिए।