बिहारको मुख्यमन्त्रीमा पुनः नीतिश कुमार, लिए आठौंपटक शपथ

बिहारको मुख्यमन्त्रीमा पुनः नीतिश कुमार, लिए आठौंपटक शपथ

पटना : बिहारको आठौंपटक मुख्यमन्त्री बनेका नीतिश कुमारले शपथ लिएका छन्। भारतीय जनता पार्टीसँगको सत्ता साझेदारी त्यागेर राज्यमा ठूलो राजनीतिक अस्तव्यस्तता व्याप्त भएको भोलिपल्ट उनी पुनः मुख्यमन्त्रीमा पदासीन भएका हुन्। 

सात दलीय महागठबन्धनको हिजोको बैठकले उनलाई नै उक्त पदका निम्ति चयन गरेको थियो। तेजश्वी यादवको राष्ट्रिय जनता दल र अन्य साना विपक्षी दलको समर्थनमा उनी फेरि सत्तामा पुगेका हुन्। 

राष्ट्रिय जनता दलका नेता यादवले पनि आजै राज्यको उपमुख्यमन्त्रीको शपथ लिए। राजभवनमा भएको शपथ समारोहमा राष्ट्रिय जनता दलका नेता तेजप्रताप यादव, तथा उपमुख्यमन्त्री यादवकी श्रीमती राजश्री, पूर्वमुख्यमन्त्री राबडी देवीलगायत उपस्थित थिए।

जनता दल युनाइटेड र राष्ट्रिय जनता दलको साझेदारीले दुई सय ४३ सदस्यीय विधान सभामा बहुमत पुगेको छ भने गठबन्धनलाई जित्न माझीको एचएएमजस्ता साना दलले पनि समर्थन गरेका छन्।

बिहार राज्य विधानसभामा भारतीय जनता पार्टीका ७७ जना विधायक छन्। नीतिश कुमारलाई एक सय ६४ जना विधायकको समर्थन छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.