जापानमा कोरोना संक्रमण उच्च : एकै दिन २ लाख ५० हजार सङ्क्रमित, २५१ को मृत्यु

जापानमा कोरोना संक्रमण उच्च : एकै दिन २ लाख ५० हजार सङ्क्रमित, २५१ को मृत्यु

टोकियो : जापानमा पछिल्लो समयमा कोरोना भाइरसको सङक्रमण तीव्र रुपमा बढेको छ । जापानको स्वास्थ्य मन्त्रालय जानकारी अनुसार जापानमा एकै दिनमा दुई लाख ५० हजार ४०३ जनामा सङ्क्रमण देखिएको हो।

यो संख्या अगष्ट ३ पछिकै सबैभन्दा धेरै हो। अगष्ट ३ मा जापानमा दुई लाख ४९ हजार ८३० जनामा सङ्क्रमण देखिएको थियो। 

जापानमा कारोना भाइरसको नयाँ उपप्रजाति ‘बिए.५’ द्रुत गतिमा फैलिएको बताइएको छ । उक्त प्रजाति अन्य प्रजातिहरुका तुलनामा छिटो फैलिने अधिकारीहरुले जनाएका छन्।

कोरोना संक्रमणबाट जापानमा बुधबार नै २५१ जनाको ज्यान गएको छ। यहाँ पछिल्लो समयमा गम्भीर प्रकृतिका सङ्क्रमितको सङ्ख्या पनि बढ्न थालेको पाइएको समाचारमा जनाइएको छ ।

जापानका ४७ मध्ये २० प्रान्तमा पछिल्लो समयमा धेरै सङ्क्रमित भेटिन थालेका पनि समाचारमा जनाइएको छ । तीमध्ये धेरै राजधानी टोकियोमा नै पाइएको बताइएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.