बर्दियाका १० व्यवसायीलाई ९२ हजार जरिवाना

बर्दियाका १० व्यवसायीलाई ९२ हजार जरिवाना

गुलरिया : बर्दियाका विभिन्न स्थानका १० जना व्यवसायीलाई ९२ हजार रुपैयाँ जरिवाना गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको अनुगमन टोलीले बिलबिजक प्रयोग नगरेका गुलरियाका व्यवसायीहरूलाई जरिवाना गरेको हो। खाद्यान्न, फेन्सी, मदिरा पसल, फ्रेस हाउस, पेट्रोल पम्प गरी ३८ वटा पसलमा अनुगमन गरिएको थियो। 

बिलबिजक नराख्ने व्यवसायीलाई पाँच हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना गर्ने कानूनी प्रावधानवमोजिम व्यवसायीलाई जरिवाना गरिएको घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत मोहनसिंह घर्ती मगरले बताए। उनले भने 'व्यवसायीलाई हामीले अनुगमनका क्रममा कसुर हेरी जरिवाना गर्यौं। अटेर गरी पुनः गल्ती भेटिए थप कारबाही गर्छौं।' 

२५ हजार मूल्य बढीको म्याद गुज्रिएको सामग्री जफत गरी नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेयले बताए। गणपति आयल स्टोरमा अर्को आदेश नहुँदासम्मका लागि पेट्रोल बिक्रीवितरण रोकेको उनले जानकारी दिए। उनले भने 'पेट्रोल पम्पमा कम पेट्रोल नाप गरेको भेटिएपछि सिल गरिएको हो। मिटरको नोजल चेन्ज गरी टोलीलाई चेक जाँच नगराएसम्म पम्पबाट तेल बिक्रीवितरण बन्द गर्न निर्देशन दिइएको हो।'

व्यवसायीलाई देख्ने स्थानमा मूल्य सूची राख्न, म्याद गुज्रिएका सामग्री बिक्रीवितरण नगर्न, बिलविजक दुरुस्त राख्न निर्देशन दिएको उनले बताए। 'व्यवसायीलाई ७ दिनभित्र व्यवसाय सुधार गर्न निर्देशन दिएका छौं', उनले भने।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्ज, गुणस्तर तथा नापतौल कार्यालय नेपालगञ्ज, घरेलु तथा साना उद्योग कार्यालय बर्दिया, स्थानीय तहलगायतले अनुगमन गरेका हुन्। बजार अनुगमन मासिकरूपमा हुने गरेको छ। आफूले खरिद गर्ने सरसामानका बारेमा उपभोक्ता पनि जागरुक हुनुपर्ने अधिकृत मगरको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.