मुसहर समुदायको पहिलो चलचित्र 'पान सौ टका' को छायाङ्कन सुरु

मुसहर समुदायको पहिलो चलचित्र 'पान सौ टका' को छायाङ्कन सुरु

विराटनगर : मुसहर समुदायको पहिलो कथानक चलचित्र 'पान सौ टका' को छायाङ्कन सुरु भएको छ।

मोरङको बुढीगंगा गाउँपालिका वडा नं. २ मा शुक्रबार एक कार्यक्रम आयोजना गरी चलचित्रको छायाङ्कन सुरु गरिएको हो। शिक्षाको अभावमा हुने बालविवाह, हिंसा र शोषण लगायतको विषयलाई उजागर गर्दै सशक्तिकरण गर्ने उद्देश्यका साथ चलचित्र निमार्ण गर्न लागिएको जनाइएको छ। 

करिब १५ लाख रुपैयाँको लागतमा २ महिनाभित्र निमार्ण सम्पन्न गर्ने गरी चलचित्रको छायाङ्कन सुरु गरिएको निर्माता तथा अभिनेता धर्मेन्द्र ऋषिदेवले बताए। उनले प्रदेश १ को मोरङ, सुनसरी र झापाका साथै मुसहर समुदायको उद्गमस्थल रहेको सप्तरीको विभिन्न ठाउँमा चलचित्र छायाङ्कनको योजना रहेको जानकारी दिए।

निमार्णपश्चात् च्यारिटी शो गरेर चलचित्र प्रर्दशनको योजना रहेको जनाइएको छ। चलचित्रको निर्देशन पुष्कर राना मगरले गरेका छन्। चलचित्रमा लक्ष्मी राई, सन्तोष ऋषिदेव र साइमन सरदार लगायतका कलाकारको अभिनय रहनेछ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.