मास्कको प्रयोग ओमिक्रोन विरुद्ध उपयोगी

मास्कको प्रयोग ओमिक्रोन विरुद्ध उपयोगी

सिड्नी : अष्ट्रेलियाका चिकित्सा अनुसन्धानकर्ताहरूले ओमिक्रोनको असर काम गर्न मास्कको प्रयोग अति उपयोगी भएको तथ्य पत्ता लगाएका छन् । चिकित्सा अनुसन्धानकर्ताहरुको समूह ' बुर्नेट इन्ष्टीच्युड' ले कोरोना भाइरसको फैलावट न्यूनीकरण गर्न मास्कको भूमिकाका बारेमा अनुसन्धान गरेको हो । 

अष्ट्रेलियाको भिक्टोरिया राज्यको सहकार्यमा गरिएको अध्ययनबाट तयार पारिएको प्रतिवेदन शुक्रबार सार्वजनिक गरिएको छ । प्रतिवेदनका अनुसार मास्कको प्रयोगले नयाँ सङ्क्रमितको सङ्ख्या २० प्रतिशत र मृतकको सङ्ख्या १४ प्रतिशतले घटेको देखिएको छ ।

उनीहरूले फरक फरक मास्कको प्रयोग र त्यसको प्रभावकारिताका बारेमा भने छुट्टै अध्ययन नगरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । जुनसुकै प्रकारको मास्क लगाए पनि कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन योगदान गरेको देखिएको अध्ययनकर्ताहरूले बताएका छन् । 

यस अध्ययनबाट कुल सङ्क्रमित र अस्पताल भर्ना भएकाहरूको सङ्ख्याको तुलना तथा सम्बन्ध देखाउन सकिने पनि जनाइएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.