इन्डोनेसियामा भ्रष्टाचारको आरोपमा ३४ जना पक्राउ
जाभा : इन्डोनेसियाको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय (केपीके) ले ३४ जनालाई पक्राउ गरेको छ । मध्य जाभा प्रान्तका एक जना जिल्ला प्रमुखलाई समेत पक्राउ गरिएको छ । सरकारी खरिदसम्बन्धी काममा भ्रष्टाचार गरेको आरोप उनीहरुलाई लागेको छ ।
पेमालाङ जिल्लाका प्रमुख मुक्ति अगुङले भ्रष्टाचार गरेको सूचना बिहीबार बेलुका पाएपछि आयोगको टोलीले छापा मारेको थियो । केपीकेका प्रवक्ता अलि फिक्रिले स्थानीय सञ्चार माध्यमहरुलाई दिएको जानकारी अनुसार उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो । केपीकेको टोलीले उनीहरुमाथि लागेको आरोपसम्बन्धी अरु प्रमाणहरु जुटाउँदै गरेको पनि फिक्रिले जानकारी दिए।
'धेरै कुरा पत्ता लागेपछि हामी स्पष्ट भएर उनीहरुलाई पक्राउ गरेका हौँ, थप अनुसन्धान गर्ने र प्रमाण जुटाउने काम पनि गरिरहेका छौँ,' उनले भने। पक्राउ परेका सबैलाई उच्च सुरक्षाका साथ राखिएको उनले ब