दुई महिनामै सोनिया गान्धी दोस्रोपटक संक्रमित

दुई महिनामै सोनिया गान्धी दोस्रोपटक संक्रमित

नयाँ दिल्ली : भारतीय राष्ट्रिय काङ्ग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धी फेरि कोरोनाबाट सङ्क्रमित भएकी छन्।  उनी दोस्रोपटक सङ्क्रमित भएकी हुन्। यसअघि गत जुन २ मा उनी कोरोना भाइरसबाट सङ्क्रमित भएकी थिइन्। 

उनमा सङ्क्रमण रहेको शनिबार पुष्टि गरिएको अधिकारीहरूले जनाएका छन्। उनलाई कुनै ठूलो स्वास्थ्य समस्या भने नरहेको बताइएको छ। नेतृ गान्धी अहिले कोरोना भाइरस नियन्त्रणसम्बन्धी नियम अनुसार 'होम क्वारेन्टाइन' बसेको कांग्रेस नेता जयराम रमेशले जानकारी दिए। 

उनलाई परिवार भित्रैबाट सङ्क्रमण सरेको अनुमान गरिएको छ। उनकी छोरी तथा पार्टीकी महासचिव प्रियंका गान्धी भद्रालाई सङ्क्रमण भएको गत बुधबार पुष्टि गरिएको थियो। सोनियाका छोरा तथा पार्टीका पूर्व अध्यक्ष राहुल गान्धी पनि बिरामी छन्। उनी सहभागी हुने तय गरिएका कतिपय कार्यक्रम पनि स्थगित गरिएका छन्। 

भारतमा पछिल्लो समय कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको देखिएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.