युक्रेनमा औषधिमाथि पनि प्रतिबन्ध

युक्रेनमा औषधिमाथि पनि प्रतिबन्ध

कीभ (एपी) : युक्रेनका स्वास्थ्य मन्त्रीले रुसी अधिकारीहरूले अत्यावश्यक औषधिमाथि प्रतिबन्ध लगाएर मानवताबिरुद्धको अपराध गरेको आरोप लगाएका छन्। आफ्नो देशमाथि रुसले आक्रमण गरेदेखि औषधि जस्तो अत्यावश्यक क्षेत्र र सेवाको पहुँचमाथि प्रतिबन्ध लगाएको र त्यो कार्य मानवता विरुद्धको अपराध भएको उनले एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा बताएका छन्।

स्वास्थ्य मन्त्री भिक्टर लिआस्कोले रूसी अधिकारीहरूले कब्जा गरेका सहर र गाउँहरूमा  जनतालाई राज्यले अनुदान स्वरूप उपलब्ध गराउने औषधिहरूको  प्रवाहमा समेत अबरुद्ध गरेको बताएका छन्। 

विगत ६ महिनाको युद्ध अवधिमा रूसले मानवीय कोरिडोरहरूमा सहज आवतजावतको अनुमति दिएको छैन जसले गर्दा बिरामीहरूलाई अनुदानका औषधिसमेत उपलब्ध गराउन समस्या भएको छ। मन्त्री लिआस्कोले यस्तो निन्दनीय कार्यलाई मानवताविरुद्धको अपराध र युद्ध अपराध भनेका छन्।

युक्रेनी सरकारले क्यान्सर र अन्य दीर्घ रोगीहरूलाई अनुदानमा औषधि उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरेको छ। तर, युद्ध सुरु भएयता अस्पताल र सडकलगायत अन्य थुप्रै पूर्वाधारको विनाशसँगै करिब ७० लाख मानिसको विस्थापनले यहाँको स्वास्थ्य प्रणालीलाई भताभुंग बनाएको छ।

मानिसहरू आधारभूत स्वास्थ्य सेवाबाट समेत वञ्चित भएका छन्। यसैबीच विश्व स्वास्थ्य संगठनले अगस्ट ११ सम्म अस्पताल र अन्य स्वास्थ्य सेवा सुविधाहरूमाथि पटकपटक आक्रमण भएको बताएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.