सलमान रुस्दीलाई भेन्टिलेटरबाहिर निकालियो, स्वास्थ्य सुधारोन्मुख

सलमान रुस्दीलाई भेन्टिलेटरबाहिर निकालियो, स्वास्थ्य सुधारोन्मुख

वासिङटन डिसी : बुकर पुरस्कार विजेता तथा द सैटानिक भर्सास्युका लेखक सलमान रुस्दीलाई भेन्टिलेटरबाट बाहिर निकालिएको छ। उनको स्वास्थ्य अवस्थामा केही सुधार आएको उनका एजेन्ट एन्ड्रयू वाइलीले जानकारी दिएका छन्। 

७५ वर्षीया लेखक रुस्दी बोल्न नसक्ने अवस्थामा भेन्टिलेटरमा थिए। हाल उनी बोल्न सक्ने भएका छन्।

उनलाई अमेरिकाको न्यूयोर्कमा १२ जुलाइमा चक्कु प्रहार गरिएको थियो । न्यूयोर्कको चौताउवा इन्स्टिच्युटमा आयोजित एक कार्यक्रममा बोल्दै गर्दा उनीमाथि आक्रमण भएको हो । हमलामा रुस्दीको अन्तरवार्ता लिने व्यक्ति पनि घाइते भएका थिए। 

सलमान रुस्दीका एजेन्टले हिजो आक्रमणको कारण लेखकको दृष्टि गुम्न पनि सक्ने बताएका थिए।  त्यसबारे भने आज उनले केही बताएका छैनन्।

रुस्दीमाथि एक २४ वर्षीय युवाले चक्कु प्रहार गरेका थिए। घटनास्थलमा उपस्थित मानिसहरूले आक्रमणकारीलाई घटनास्थलमै समातेका थिए। 
प्रहरीले न्यु जर्सीको फेयरभ्युबाट २४ वर्षीय हादी मतार नाम गरेका संदिग्धलाई पक्राउ गरेको छ । सलमान रुस्दीलाई विगत केही वर्षदेखि ज्यान मार्ने धम्की आएको थियो । बीबीसी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.