बंगलादेशमा इन्धनको मूल्यवृद्धिविरुद्ध विशाल प्रदर्शन

बंगलादेशमा इन्धनको मूल्यवृद्धिविरुद्ध विशाल प्रदर्शन

ढाका (एएफपी)  : बंगलादेशमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध आइतबार विशाल प्रदर्शनहरू भएका छन्। यहाँ एक सातामा इन्धनको मूल्य ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। तीव्र गतिमा अर्थतन्त्र विस्तार भइरहेको एसियाली मुलुकका हजारौं नागरिकले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले देशमा आर्थिक संकट देखापर्न सक्ने भन्दै देशका विभिन्न सहरमा प्रदर्शन गरिरहेका छन्।   

अनपेक्षित रूपमा वृद्धि भएको इन्धनको मूल्यका कारण ८६ टाका अर्थात् ११५.२९ नेपाली रुपैयाँ प्रतिलिटरमा पाइने पेट्रोल १३० टाका अर्थात् १७४.२७ नेपाली रुपैयाँ पुगेको छ। त्यसैगरी यहाँ डिजल र मट्टितेलको मूल्य ४२.५ प्रतिशतले बढेको बताइएको छ।   

विश्वका अन्य धेरै मुलुकमा जस्तै रूसले युक्रेनमा आक्रमण गरेपछि विश्वव्यापी रूपमा बढिरहेको इन्धनको मूल्यबाट बंगलादेश पनि प्रभावित भएको हो। ऊर्जामन्त्री नसरुल हमिदले मूल्यवृद्धि उच्च भएको तर विदेशमा नै इन्धनको मूल्य बढेपछि यसमा आफ्नो मुलुकले केही गर्न नसक्ने बताएका छन्। सरकारले आर्थिक अव्यवस्था निम्त्याएको भन्ने आरोप उनले अस्वीकार गरे। विगतमा मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले अनुदान दिएको तर अहिले मूल्य बढाउनुको विकल्प नभएको उनको भनाइ थियो।   

 ‘यदि निश्चित बिन्दुमा विश्वव्यापी मूल्य कम भयो भने हामी केही सम्बोधन गर्ने प्रयास गर्नेछौं’, उनले भने। गत हप्ता मूल्यवृद्धिको घोषणा गरिएपछि हजारौंले पेट्रोल पम्पबाहिर देशभरि प्रदर्शन गरेका थिए।  श्रीलंकाको झल्को दिएको उक्त प्रदर्शनका क्रममा मूल्यवृद्धि फिर्ता लिन माग गरिएको थियो।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.