कालिगण्डकी नदीमा पुल नबन्दा स्थानीयलाई सास्ती

कालिगण्डकी नदीमा पुल नबन्दा स्थानीयलाई सास्ती

जोमसोम : बेनी-जोमसोम-कोरला सडकको पूर्वतर्फ सौरु र सिर्खुम बस्ती अवस्थित छ। यी बस्ती सडकबाट करिब ८ सय मिटरको दूरीमा छन्। त्यहाँ करिब १ सय २० घरधुरी छन्। त्यहाँका स्थानीयको मुख्य पेसा कृषि र पशुपालन हो। 

थासाङको सौरु र सिर्खुम आर्थिक र भौगोलिक हिसाबले पिछडिएको गाउँ हो। गाउँसम्म पुग्न सडक ट्र्याक छैन। एउटै वडामा पर्ने कोवाङ र खन्ती तथा सौरु र खन्ती गाउँलाई कालिगण्डकी नदीले अलग गराइदिएको छ। एउटै वडाको सौरु र खन्तीबाट कोवाङ र खन्ती जान कालिगण्डकी नदीको सतह कम हुँदा हिउँदयाममा १५ मिनेटको मात्र दूरी हो। 

तर, बर्खायाम लागेपछि सतह उच्च हुने भएकाले नदी तर्न सक्ने अवस्था रहँदैन। बर्खायाममा मुख्य राजमार्ग पुग्न तीन घण्टा पैदल हिँड्न पर्छ। 

बर्सेनि कार्तिक महिनामा त्यहाँ स्थानीयले कालिगण्डकी नदीमा काठको अस्थायी साँघो राख्छन्। साँघो तरेर सौरु र सिर्खमबासीले हिउँदमा कालिगण्डकी वारपार गर्छन्।

कार्तिकमा राखेको साँघो जेठ/असारमाख नदीले बगाएर लैजाने भएकाले स्थानीयले साँघो झिकेर कालिगण्डकी किनारमा राख्छन्। शनिबार नदी किनारमा जम्मा गरी राखेको काठको साँघो गाउँका मानिसले डोरी बाँधेर पुन बाहिर निकालेर राखे। यो समस्या सौरु र सिर्खुमबासीले अहिलेसम्म पनि भोगिरहेका छन्।

थासाङ गाउँपालिकाको केन्द्र खन्तीमा छ। त्यहाँ स्वास्थ्य चौकी र प्राविधिक धारको कृषि विद्यालय पनि छ। नदी उच्च हुँदा पालिका भवन र अन्य सेवा सुविधा लिन समस्या पर्ने गरेको सौरुका स्थानीय सोजन हिराचनले बताए।

बर्खायाममा सदरमुकाम तथा पोखरा-काठमाडौं आउजाउ गर्न समस्या पर्ने गरेको हिराचनले सुनाए। 'हामीलाई सेवा प्रदायक निकायसम्म पुग्न र दैनिक कामकाजमा सेवा लिन असहज परेको छ,' उनले भने, 'कालिगण्डकी नदीमा चाँडै पुल बनेको भए हामीलाई निकै राहत हुन्थ्यो।'

बर्खायाममा कृषिजन्य उत्पादनको बजारीकण गर्न अप्ठ्यारो हुने गरेको छ। साउन र भदौमा आलु र असोजमा स्याउ फल्ने भएपनि त्यससमय कालिगण्डकी नदीको सतह घट्दैन। गाउँसम्म सडक र पुल नभएकाले कृषि उत्पादनको ढुवानी महङ्गो पर्ने भएकाले व्यापारी त्यहाँबाट कृषि उपज खरिद गर्न चाहदैनन्।

मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनको पहलमा २०७७ सालमा सस्पेन्सन ब्रीज डिभिजन कार्यालयमार्फत कोवाङ-सौरु जोड्ने पुलको योजना पर्‍यो। कोवाङ-सौरु जोड्ने ५७० मिटर लामो पुल सस्पेन्स ब्रीज डिभिजनले ५ करोड लागतमा इलाइट रुविना जेभीसँग ३० महिनामा सक्नुपर्ने ठेक्का सम्झौता भयो।

पुल बन्ने भएपछि सौरु र सिर्खुमबासी उत्साहित भएका थिए। तर, पुलको ठेक्का सम्झौता भएको साँढे २ वर्ष बितिसक्दा समेत १० प्रतिशत पनि भौतिक प्रगति भएको छैन।

पुल ढिलाइका विषयमा जानकारी लिन कन्ट्रक्सनका निर्देशक जयदेव थापालाई फोन गर्दा त्यस समय कोरोना माहामारीका कारण देखाएका थिए। तर, त्यसबेला मुस्ताङमा पूर्वाधार विकासको काम रोकिएको थिएन।

सस्पेन्स ब्रीज डिभिजन  कार्यालयका सिनियर डिभिजन इन्जिनीयर गौरीकुमार श्रेष्ठले पुल निर्माणमा ढिलाइ भएको र निर्माण कन्ट्रक्सनलाई पटक पटक ताकेता गरिरहेको बताएका थिए।

तर, पुलको सम्झौता भएको लामो समय बितिसक्दासमेत निर्माण कम्पनीले पुल बनाउन चाँसो दिएको देखिन्न। यता  कन्ट्रक्सनले पुल बनाउन दोस्रो प्रतिनिधिसँग मौखिक सहमति गरेको छ। युनिस निर्माण सेवाका प्रतिनिधि निकेश श्रेष्ठसँग पुल बनाउने मौखिक सहमति भएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.