टुचेल–कोन्टे तनाव

टुचेल–कोन्टे तनाव

लन्डन : इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति चेल्सी र टोट्टनहामबीचको खेल मैदानभित्रको नतिजाभन्दा पनि दुई प्रशिक्षकबीचको विवादका कारण चर्चामा रह्यो। चेल्सीका प्रशिक्षक थोमस टुचेल र टोट्टनहामका एन्टोनियो कोन्टे ‘टच लाइन’मै भनाभनमा उत्रँदा खेल तनावग्रस्त बनेको थियो।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा दुई पटकको अग्रता जोगाउन नसक्दा चेल्सी अंक बाँड्न बाध्य भयो। १९औं मिनेटमा कालिदौ कौलिबल्यले गोल गर्दै घरेलु टोली चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए। पिइरे एमिल होजवर्गले ६८औं मिनेटमा गोल गर्दै टोट्टनहामलाई खेलमा फर्काएका थिए। 

टोट्टनहामले बराबरी गोल गरेपछि एन्टोनियो कोन्टेले खुसी मनाउन व्यस्त थिए भने चेल्सीका प्रशिक्षक थोमस टुचेल भने फोर्थ अफिसियलप्रति आक्रोश पोखिरहेका थिए। टोट्टनहामका खेलाडीले आफ्ना खेलाडीलाई फल गरेको भन्दै उनी फ्रिकिकको माग गरिरहेका थिए। यही क्रममा दुवै प्रशिक्षकबीच भनाभन भएको थियो। रेफ्रीले उनीहरू दुवैलाई पहेंलो कार्ड देखाएका थिए। 

त्यसपछि ७७ औं मिनेटमा रिस जेम्सले गोल गर्दै चेल्सीलाई खेलमा फर्काएका थिए। चेल्सीले तीन अंक लगभग पक्का गरिसकेको अवस्थामा हेरी केनले इन्जुरी समयको छैटौं मिनेटमा गोल गर्दै टोट्टनहामलाई खेलमा फर्काएपछि टुचेल थप आक्रोसित बनेका थिए। खेललगत्तै हात मिलाने क्रममा टुचेल र कोन्टेबीच फेरि विवाद सुरु भएको थियो। दुवै जना एकअर्काप्रति आक्रमक देखिएका थिए। रेफ्रीले दुवैलाई रातो कार्ड देखाए पनि उनीहरू आपसमा भनाभन गरिरहेका थिए। उनीहरूलाई छुटाउन टोलीका अफिसियल र खेलाडीले पनि पसिना बगाउनु परेको थियो।  

खेललगत्तैको पोस्ट् म्याच कन्फरेन्समा दुवै प्रशिक्षकले त्यस घटनाका बारे बोल्न चाहेनन्। टुचेलले रेफ्रीको कमजोरीका कारण चेल्सी जितबाट बञ्चित भएको प्रतिक्रिया दिए। ‘प्रशिक्षकबीच आज जुन घटना भयो, त्यो हुनु हुँदैन थियो। तर, मैदानभित्र रेफ्रीको निर्णय ठीक भएन’, टुचेलले भने।

टोट्टनहामका प्रशिक्षक कोन्टेले भने प्रशिक्षकको झगडा खेलभन्दा महत्वपूर्ण नरहेको भन्दै केही बोल्नै चाहेनन्। ‘प्रशिक्षकबीच आज जुन घटना भयो, त्यो सकियो। आजको खेलमा हामीले महत्वपूर्ण एक अंक जोड्न सफल भयौं’, कोन्टेले भने । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.