श्रीलङ्काका राष्ट्रपति विक्रमासिंघेद्वारा खर्च कटौती गर्न सरकारी निकायलाई निर्देशन
कोलम्बो : श्रीलङ्काली राष्ट्रपति रनिल विक्रमासिंघेले यहाँका सबै सरकारी निकायलाई सरकारी खर्चमा कटौती गर्न निर्देशन दिएका छन्। उनले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारी निकायलाई अहिले भइरहेको खर्चमा कटौती गर्न निर्देशन दिएका हुन्।
राष्ट्रपति विक्रमासिंघेको सञ्चार सचिवालयले सो कुराको जानकारी दिएको छ। सो सचिवालयले राष्ट्रपतिको उक्त निर्देशन श्रीलङ्काका सबै मन्त्रालयल, केन्द्रीय विभाग, प्रान्तीय सरकारका प्रमुख विभागहरु तथा अन्य सरकारी निकायका लागि रहेको पनि बताएको छ।
श्रीलङ्का आर्थिक चुनौतीको सामना गरिरहेको छ। श्रीलङ्काले हाल सामना गरिरहेको आर्थिक सङ्कटको समाधानका लागि देशभित्रका सरकारी तथा गैरसरकारी निकायहरुका पनि विभिन्न शीर्षकमा खर्च कटौती गरिरहेको पनि बताइएको छ।
राष्ट्रपति विक्रमासिंघेले सरकारी निकायहरुलाई नयाँ भवन निर्माणका काम नगर्न, भवन तथा जग्गा भाँडामा नलिन पनि दिर्नेशन दिएका समाचारमा जनाइएको छ। रासस