अवैध हतियार तथा बन्दोबस्तीका सामग्रीसहित शिकारी पक्राउ

अवैध हतियार तथा बन्दोबस्तीका सामग्रीसहित शिकारी पक्राउ

गुलरिया : बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवैध हतियार तथा शिकारका लागि प्रयोग भएका बन्दोबस्तीका सामग्रीसहित एक जना पक्राउ परेका छन्। कार्यालयका कर्मचारी तथा निकुञ्ज सुरक्षार्थ खटिएका देवीदत्त गणका नेपाली सेनाको संयुक्त टोलीले एक जनालाई पक्राउ गरेको हो। 

निकुञ्जको मध्यवर्ती क्षेत्र बारबर्दिया नगरपालिका- ६ स्थित जयनगर इलाकाबाट चोरीशिकार गरेको आरोपमा पक्राउ परेकाको नाम, ठेगाना पनि गोप्य राखिएको छ।

निकुञ्ज तथा मध्यवर्ती क्षेत्रहरूमा अनुगमनका लागि राखिएका स्वचालित क्यामराहरूको सहयोगमा पक्राउ गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए। अनुसन्धानका लागि उनलाई बर्दिया राष्ट्रिय निकुञ्जको हिरासतमा राखिएको छ। उनीबाट ठूलो परिमाणमा बन्दोबस्तीको सामग्रीसहित हातहतियार फेला परेकाले समूहमा धेरैको संलग्नता हुन सक्ने निकुञ्जको अनुमान छ।

शिकारीको साथबाट दुई नाले बारबोर बन्दुक १ थान, गन क्लिनर लुप १ थान, नाल सफा गर्ने पुरानो व्रुस १ थान, थ्री नट थ्री ४ थान, ८ एमएमकेएफ राउण्ड १६ थान, ओएफभी ए सेभेन ६० राउण्ड १२ थान, ओएफभी २०१०५५६२ राउण्ड २ थान, एमकेथ्री १ थान, पीईके १०० ग्राम, बारबोर कार्तुस ८ थान भरेको ५ थान खाली गरी १३ थान, पटाका २१ रोल, मोबाइल ३ थान, सुकुटी मासु ४०० ग्राम, सुकुटी सुकाउने जाली २ थान, छालासहितको मासु सात सय ग्राम, भे ४ प ६५२९ नम्बरको मोटरसाइकल १ थान बरामद गरिएको छ।

'हामीले अनुसन्धान अधिकारी तोकेर अनुसन्धान सुरु गरेका छौं। यसबाट शिकारीको ठूलो गिरोह पत्ता लगाउन मद्दत पुग्छ। उनीसँग धेरै जना संलग्न रहेको अनुमान हाम्रो छ। पक्राउ गरेको ब्यक्तीको सबैकुरा गोप्य राखेका छौं। अनुसन्धानपछि धेरै कुरा बाहिर आउँछ। हातहतियार सम्बन्धी मुद्धा प्रहरीले हेर्ने र निकुञ्जसँग सम्वन्धीत मुद्धा निकुञ्जले हेर्ने गरी तयारी भैरहेको छ।'

प्रारम्भिक अनुसन्धानपछि मुद्दा दर्ता गरी थप अनुसन्धान गरिने उनले बताए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.