भारतले निर्यातमा ४० प्रतिशत कर लगाए इलामका चिया कारखाना बन्द हुने

भारतले निर्यातमा ४० प्रतिशत कर लगाए इलामका चिया कारखाना बन्द हुने

इलाम : भारतले नेपाली चियामा ४० देखि १०० प्रतिशतसम्म कर लगाउन लागेपछि इलामका उद्यमीहरू चिन्तित भएका छन्। उनीहरूले भारतले चिया निर्यातमा उक्त कर लगाएमा नेपालको चिया कारखाना बन्द हुने बताएका छन्। 

अर्थोडक्स चियाको राजधानी भनिने इलाको सूर्योदय नगरपालिकाको जनप्रतिनिधि र चिया उद्यमीहरूको समूह अहिले प्रधानमन्त्री सहितलाई भेटेर फर्किएका छन्। टोलीले इलामका पत्रकारसँग कुरा गर्दै भारतीय संसदमा पेस भएको 'बिल' पारित भएमा नेपालको चिया कारखाना बन्द हुने बताए। 

चिया उद्यमीहरूको संस्था सूर्योदय टि प्रोड्युर्सस एसोसिएसनका अध्यक्ष उत्तम कुमार श्रेष्ठले भारतले अघि सारेको बिलका कारण नेपाली चिया संकटमा पर्न लागेको बताए। उनले चियामा भारतले लगाउन लागेको कर लगायतका समस्याका विषयमा सरकार स्तरीय (जिटुजी) पहल गनुपर्ने बताए।

अध्यक्ष श्रेष्ठले चिया खेतीमा संलग्न २६ हजार परिवार कृषकको समस्या समाधान गर्न तत्काल पहल थाल्नुपर्ने बताए। 
नेपालको ९० प्रतिशत अर्थोडक्स चिया इलाममा उत्पादन हुने गर्दछ। भारतले नेपाली चियालाई करको दायरामा ल्याउन पहल गरिरहेको भन्दै त्यसलाई रोक्न टोलीले प्रधानमन्त्रीलाई अनुरोध गरेको एसोसिएसनका कोषध्यक्ष महेश अर्यालले जानकारी दिए। 

उनले भारतले सन् २०२३ सम्ममा भारतले नेपाली चिया रोक्न पहल गरिरहेको भन्दै सचेत हुने बेला भएको बताए। उनले भने 'अहिलेको बिल रोकिएपनि अर्को बाटोबाट चिया भारतमा बिक्रीका लागि रोक लगाउने दाबी गरे। 

नेपाली चिया गुणस्तरहीन र कम मूल्यको भएको आरोप लगाउँदै भारतका ३० सांसदले राज्य सभा अध्यक्ष र लोक सभाका अध्यक्षलाई प्रतिवेदन दिएपछि समस्या भएको सूर्योदय नगरपालिकाका मेयर रण बहादु राईले बताए। उनले भने 'नेपालको चियालाई भारतको बजारमा ४० प्रतिशतभन्दा माथि कर लगाउने कुरा भारतको लोक सभामा  र राज्य सभामा उठेको छ।'

इलाममा १३ हजार हेक्टर क्षेत्रमा चियाको खेती भइरहेको छ। इलाममा अर्थोडक्स,  ग्रिन र इस्पेस चियाको उत्पादन हुने गरेको छ। यस चिया खेतीमा १६ हजार किसानको संलग्नता रहेको छ। ८० हजारभन्दा बढीलाई ग्रामीण रोजगारी प्रदान गरेको छ। इलाममा १५० भन्दा बढी उद्योग रहेको र यसको बार्षिक उत्पादन ६० लाख किलो रहेको एसोसिएसनका अध्यक्ष उत्तम कुमार श्रेष्ठले बताए। 

मेयर राईका अनुसार भारतको प्रयास सफल भएमा नेपाली चियालाई भारतीय बजारमा बिक्रीका लागि ठूलो चुनौती आउने छ। उनले भने 'यसले इलामबाहेक झापामा उत्पादन हुने २ करोड २० लाख किलो चिया पनि प्रभावित हुने छ।' 
इलाममा उत्पादन भएका अर्थोडक्स, ग्रिन तथा स्पेशल टि भारत लगायतका अन्य देशमा बिक्री गरिरहेको छ। 

यहाँ उत्पादन भएको चियाको मुख्य बजार भारत हो र केही कारखानाको नगन्य उत्पादन मात्र तेस्रो मुलुक जाने गरेको एसोसिएसनले जनाएको छ। 

विधेयक पारित भएमा चिया खेतीमा संलग्न १५० भन्दा बढी उद्योग बन्द भई राष्ट्रको ठूलो लगानी धरासायी हुने छ। 
चिया खेतीमा आश्रित १६ हजार कृषक आयविहीन हुने व्यवसायीको दाबी छ। भारतको प्रयास सफल भएमा ८० हजारभन्दा बढी चिया मजदुर बेरोजगार हुने एसोसिएसनले जनाएको छ। 

नेपालमा भारतमा उत्पादन भएको चियाको शुन्य दशमलव ७ प्रतिशत मात्र चिया आयात हुने गरेको छ। भारतको भन्सार एफएसएसएआई अनुपालन र भारत सरकारको सेट प्रोटोकल अनुसार परीक्षण गरि उचित कागजात सहित चिया आयात गर्दछ। चिया तथा कफि विकास बोर्डका अनुसार अघिल्लो आर्थिक वर्षमा १ करोड १४ लाख ७२ हजार ८०१ किलो हरियो चिया बिक्री गरेर ३ अर्ब ३८ करोड ३० लाख १३ हजार नेपाल भित्र्याएको थियो।

टोलीले भारतबाहेक तेस्रो मुलुक टर्की, इरान, रसिया, चिन, पाकिस्तान आदि देशसँग सरकारस्तरीय व्यापार सम्झौता गरेर वैकल्पिक बजारको व्यवस्था गर्न माग गरेको छ। 

प्रतिनिधि मण्डलले यस क्षेत्रमा ९५ प्रतिशत किसान चियामा निर्भर रहेकाले नेपालको कृषि उत्पादनमा चिया खेतीलाई समेत कृषिमा समावेश गरी मुख्य उत्पादन हुने समयमा मलखादको आयातमा सहजीकरण गरी चिया किसानहरूलाई चिया क्षेत्रमा अभिप्रेरित गर्ने कार्यक्रम ल्याउन माग गरेको छ। 

१९२० सालमा इलामबाट चिया खेतीको सुरुवात भएको हो। २०१६ सालमा वुधकरण टी स्टेट स्थापना भएपछि तराइमा पनि चिया खेतीको विस्तार भएको जानकारहरू बताउछन्। 

देशभरका ७७ जिल्लामध्ये १४ जिल्लामा मात्र व्यावसायिक चिया खेती गरिँदै आएको छ। नेपालमा सीटीसी, अर्थोडक्स, ग्रीन टी लगायत उत्पादन हुँदै आएको छ। देशको २७ हजार हेक्टर क्षेत्रफलमा चियाखेती भइरहेको उचया तथा कफि विकास बोर्डले जनाएको छ। 

नेपालको प्रांगारिक चिया अहिले जर्मनी, अमेरिका, क्यानडा, जापान, चीन लगायतका मुलुकमा निकासी हुने गरेको छ।

यस अघि प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री तथा दलका नेताहरूसँग भेट गरेको टोलीले चियाको समस्या समाधान गर्न किसानस्तरदेखि नै चियाको गुणस्तर निर्धारणका लागि काम गर्नुपर्ने बताए। 

इलामको फिक्कालमा चिया उद्यामी, कृषक सहितको छलफल कार्यक्रममा चिया उद्यमी पुनम राईले भारतका चिया व्यवसायी र भारतीय मिडिया नेपाली चिया गुणस्तरहीन भएको प्रमाणित गर्ने अभियानमा लागेको आरोप लगाए। 

चिया कृषक तेजनाथ वस्तीले चियाको गुणस्तरका लागि कारखानाहरूले गुणस्तरको मापदण्ड बनाउनु पर्ने सुझाव दिए। अर्का कृषक जिवन कार्कीले कारखानाले प्रशोधन कारखानाले मापदण्ड नबनाएको कारण गुणस्तरको समस्या आएको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.