रुसमा आगलागी, ६० घर जले

रुसमा आगलागी, ६० घर जले

मस्को : रुसको रोस्तोमा मङ्गलबार आगलागी हुँदा ६० घर जलेर नष्ट भएका छन् । जङ्गलमा आगलागी भएको र सोही आगो बस्तीमा लागेर घरहरू जलेको अधिकारीहरूले जानकारी दिएका छन् ।  

मान्छे बस्दै आएका घरहरू जले पनि मानवीय क्षति भएको विवरण भने अहिलेसम्म नआएको अधिकारीहरूको भनाइ छ । देशको उस्त डोनेत्स्क जङ्गलमा गत सोमबारदेखि आगलागी भएको थियो । घटनास्थल रोस्तोभ क्षेत्रको उत्तरपूर्वी क्षेत्रमा पर्दछ ।

आगलागी तीन गाउँ प्रभावित भएको आपतकालीन व्यवस्था मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन् । आगलागीका कारण कैयौँ व्यक्ति विस्थापित पनि भएका छन् । उनीहरूलाई राहत तथा सहयोगको आवश्यकता रहेको बताइएको छ । अत्यावश्यक सेवा तथा सामग्री उनीहरूलाई उपलब्ध गराउने कार्य भइरहेको पनि अधिकारीहरूले बताएका छन् ।   

आगलागी नियन्त्रणका लागि दुई अग्नि नियन्त्रक विमान, एउटा हेलिकोप्टर, ३०० भन्दा बढी अग्नि नियन्त्रकहरु परिचालन गरिएको छ।  रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.