जम्मु कश्मीरमा एकै परिवारका ६ जना मृत फेला
कश्मीर : भारतमा जम्मुको सिद्रा क्षेत्रमा एकै परिवारका ६ जना सदस्य आफ्नै घरमा मृत फेला परेका छन् ।
प्रहरीका अनुसार मृत्यु हुनेमा सकीना बेगम, उनका दुई छोरी नसिमा अख्तर र रुबिना बानो, छोरा जफर सलीम र अन्य दुई नातेदार नूर-उल-हबीब र सज्जाद अहमद छन्।
एक घरमा दुई जनाको शव भेटिएको थियो भने बाँकी ४ जनाको शव अर्को घरमा भेटिएको थियो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सबै शव जम्मुको सरकारी मेडिकल कलेजमा पठाइएको छ। बीबीसी