भारतमा एकै दिनमा ९ हजार कोरोना सङ्क्रमित

भारतमा एकै दिनमा ९ हजार कोरोना सङ्क्रमित

नयाँ दिल्ली : भारतमा एकै दिनमा नौ हजार आठ सय ६२ कोरोना भाइरस सङ्क्रमित थपिएका सङ्घीय स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको छ। यसैसँगै भारतमा चार करोड ४२ लाख ८६ हजार दुई ५६ जना कोराना भाइरस सङ्क्रमित भइसकेका छन्। 

भारतमा एक दिन अगाडी आठ हजार आठ सय १३ सङ्क्रमित भएका थिए। दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ। भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख पाँच हजार ५८ जना रहेका छन्।

गत २४ घण्टाको समयअवधीमा कोरोना सङ्क्रमणबाट यहाँ ३६ जनाको मृत्यु भएको छ। यसैसँगै कोरोना सुरु भएबाट हालसम्म यहाँ पाँच लाख २७ हजार एक सय ३४ व्यक्तिको मृत्यु भइसकेको छ। भारतमा हिजो एक दिनमा १५ हजार दुई सय २० जना कोरोना मुक्त भएका छन्। यसैसँगै  कूल चार करोड ३६ लाख ५४ हजार ६४ जना कोरोनामुक्त भएका छन्। 

नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन्। भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो। 

सो समयबाट हालसम्म दुई अर्ब आठ करोड ५७ लाख १५ हजार दुई सय ५१ मात्रा खोप लगाइएको छ। भारतमा कोरोना सुरु भएयता हालसमम ८८ करोड ६० भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.