आम निर्वाचन घोषणापछि गृह जिल्लामा ओलीको दौडधुप

आम निर्वाचन घोषणापछि गृह जिल्लामा ओलीको दौडधुप

झापा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृह जिल्लामा आयोजित कार्यक्रममा सहभागी हुन आज झापा आउँदैछन्। पूर्व निर्धारित कार्यक्रम अनुसार तीन दिन झापा र इलामका विभिन्न कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली आउने कार्यक्रम तय भएको हो। 

पूर्वप्रधानमन्त्री ओलीले औपचारिक कार्यक्रम र कार्यकर्ता भेटघाटलाई तीव्रता दिने छन्। मंसिर ४ का लागि संघीय संसद र प्रदेश सभाको निर्वाचन मिति घोषणा भएसँगै जिल्ला तहमा अध्यक्ष ओलीको सहभागिता बाक्लो हुँदै गएको छ।

दुई साताअघि पनि अध्यक्ष ओली तीन दिनसम्म गृह जिल्लामा बसेर झापा र इलामका विभिन्न कार्यक्रममा सहभागी भएका थिए। २० दिनको बीचमा दोस्रो पटक झापामा अध्यक्ष ओलीको बसाई हुन लागेको हो। तीन दिन उनले झापामा बिताउने छन्। 

ओलीले बिहीबार दिउँसो १ बजे झापाको कचनकवल गाउँपालिकाको बनियानीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने छन्। त्यहाँ पार्टी प्रवेशको कार्यक्रम पनि राखिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीको बलियो पकड रहेको कचनकवल झापा क्षेत्र नम्बर–३ मा पर्छ।

नेता होमबहादुर थापाका अनुसार कार्यकर्ता भेलापछि अध्यक्ष ओलीले मुस्लिम र मैथिली समाजका पदाधिकारी तथा सदस्यहरुसँग छलफल गर्ने कार्यक्रम छ। भदौ ३ गते बिहान इलामको चुलाचुलीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओली सहभागी हुनेछन्।

‘निर्वाचन घोषणा भइसक्यो। गृह जिल्लामा अध्यक्ष ओलीको सक्रियता बढ्नु स्वभाविक हो’, सांसद प्रतिनिधि थापाले भने, ‘एमालेलाई एउटा बलियो शक्तिका स्थापित गराउने गरी चुनावी कार्यक्रमहरु हुँदै जान्छन्।’

चुलाचुलीबाट फर्किएपछि दिउँसो १ बजे पार्टी कार्यालय दमकमा मजदूर भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। गौरादहको पाहुना घरमा दिउँसो ३.३० बजे पार्टी प्रवेश तथा जनसंगठनका नेता कार्यकर्तासँग ओलीले भेटघाट र छलफल गर्ने छन्। बेलुका ५ बजे दमकमा उद्योगी व्यवसायीसँग छलफलको कार्यक्रम राखिएको छ। 

भदौ ४ गते बिहान ११ बजे अध्यक्ष ओलीले झापाको बिर्तामोडमा इञ्जिनियरहरुको प्रादेशिक भेलालाई सम्वोधन गर्ने छन्। दिउँसो १ बजे बिर्तामोडमा अखिल नेपाल महिला संघको जिल्ला अधिवेशनमा अध्यक्ष ओलीको सहभागिता रहनेछ। 

अनेमसंघको अधिवेशन सकेपछि अध्यक्ष ओलीले उद्योगी व्यवसायीसँग छलफल र भेटघाट गर्ने कार्यक्रम छ। व्यवसायीसँगको भेटपछि अध्यक्ष ओली भदौ ४ गते साँझ काठमाडौँ फर्किने सांसद प्रतिनिधि थापाले बताए।  


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.