काबुलको मस्जिदमा बम विष्फोट, धर्मगुरुसहित २० जनाको मृत्यु

काबुलको मस्जिदमा बम विष्फोट, धर्मगुरुसहित २० जनाको मृत्यु

काबुल : अफगानिस्तानको राजधानी काबुलको एक मस्जिदमा बुधबार साँझ प्रार्थनाको क्रममा बम विस्फोट गराइएको छ। विफोटमा एकजना प्रमुख धर्मगुरूसहित २० जनाको मृत्यु भएको छ भने अन्य ४० जना घाइते भएका छन् । 

एक प्रत्यक्षदर्शीका अनुसार विस्फोटमा मौलवी मुल्ला अमिर मोहम्मद काबुली मारिए भने धेरै बालबालिका घाइते भएका छन् । तालिबानले सत्ता कब्जा गरेको एकवर्षपछि धार्मिकस्थलमा भएको यो भीषण एवम् जघन्य आक्रमणको जिम्मेवारी कसैले लिएको छैन । 

इस्लामिक स्टेट समूहको स्थानीय सहयोगीले तालिबान र सर्वसाधारणलाई लक्षित गर्दै देशका विभिन्न भागमा आक्रमण बढाएका छन् । गत साता पनि उक्त समूहले एकजना प्रमुख तालिबान धर्मगुरुको हत्या गरी त्यसको जिम्मेवारी पनि लिएको थियो । 

प्रत्यक्षदर्शीका अनुसार शहरको खेर खन्ना नजिकैको सिद्दिकिया मस्जिदलाई लक्षित गरी आत्मघाती विष्फोट गरिएको थियो। विस्फोटमा ३० जनाभन्दा बढी घाइते भएका छन् । काबुलको इटालियन आपतकालीन अस्पतालले बम विष्फोट भएको स्थानबाट पाँच बालबालिकासहित कम्तीमा २७ जना घाइते सर्वसाधारणलाई त्यहाँ ल्याइएको बताएको छ ।

काबुलका प्रहरी प्रमुखका लागि तालिबानद्वारा नियुक्त प्रवक्ता खालिद जाद्रानले मस्जिदभित्र भएको विस्फोटको पुष्टि गरे पनि हताहती र घाइतेहरूको विवरण उपलब्ध गराएका छैनन् । तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले विस्फोटको निन्दा गर्दै यस्तो जघन्य अपराध गर्नेहरूलाई चाँडै न्यायको कठघरामा ल्याइने र सजाय दिइने प्रतिबद्धता व्यक्त गरेका छन् । 

विष्फोटनका बेला मस्जिदमा रहेका एकजना प्रत्यक्षदर्शीले आज बिहान मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताउँदै कम्तीमा २५ जना मारिएका जानकारी दिए । रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.