मुस्ताङको घरपझोङमा फ्री वाईफाई

मुस्ताङको घरपझोङमा फ्री वाईफाई

जोमसोम : मुस्ताङको घरपझोङ गाउँपालिकाले पर्यटक तथा सर्वसाधारणलाई फ्री वाईफाई सेवा दिन सुरु गरेको छ। बदलिँदो प्रविधिको युगमा आम नागरिकमा इन्टरनेट सेवा सुविधा सहज बनाउन पालिकाको पाँचवटै वडामा प्रविधि जडान सुरु गरेको छ।

गाउँपालिकाभित्र सूचना प्रविधिको विकास र प्रर्वद्धन गरी स्थानीय जनताको पहुँच स्थापित गरी सेवा प्रवाहलाई सहज बनाउन सेवा सञ्चालन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले जानकारी दिए। 

उनका अनुसार वडाहरूको महत्वपूर्ण स्थानमा सेवा प्रवाह हुने छ। जोमसोमको पुथाङ एयरपोर्ट, जिल्ला प्रशासन कार्यालय, जोमसोम वालउद्यान, छैरो, चिमाङ, मार्फा, स्याङ, ठिनी र ढुम्बाताललगायतका स्थानमा जडान सुरु गरेको प्रशासकीय अधिकृत आचार्यले बताए।

सेवा सञ्चालन भएपछि स्थानीय र आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुने छ।

पालिकाले चालु आर्थिक वर्ष २०७९/०८० को लागि फ्री वाईफाई तथा सीसीटीभी जडानका लागि ६ लाख बजेट विनियोजन गरेको थियो। प्रमुख प्रशासकीय अधिकृत आचार्यले अब जोमसोम क्षेत्रको महत्वपूर्ण स्थानमा सीसीटीभी जडान गर्ने कार्यक्रम रहेको बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.