जापानमा एकैदिनमा अढाई लाखभन्दा बढी संक्रमित
टोकियो : जापानमा एकैदिनमा दुई लाख ५५ हजार पाँच सय ३४ जनामा कोरोना संक्रमण भएको छ।
यो सङ्ख्या हालसम्मकै सबैभन्दा बढी हो। यसअघि एक दिनमा दुई लाख ५० हजार चार सय तीन जनामा संक्रमण पुष्टि भएको थियो।
कोभिडका कारण एकैदिन दुई सय ८७ जनाको मृत्यु भएको छ। टोकियो महानगरमा मात्र आज २७ हजार चार सय ५३ नयाँ संक्रमित थपिएका छन्।
जापानका स्वास्थ्य अधिकारीहरूले कोभिड-१९ को यो सातौं लहरले देशको स्वास्थ्य पद्धतिलाई दबाबमा पारेको र अस्पतालमा शय्या पाउन कठिन भएको बताएका छन्।