४ महिनादेखि मुस्ताङ जिल्ला अस्पताल नेतृत्वविहीन
जोमसोम: मुस्ताङको जोमसोममा रहेको एक मात्र जिल्ला अस्पताल विगत ४ महिनादेखि नेतृत्वविहीन अवस्थामा छ ।
आर्थिक वर्ष २०७८/०७९ को फागुन ११ गते गण्डकी प्रदेशको सिफारिसमा अध्यक्ष पदमा पदभार ग्रहण गरेकी घरपझोङ–२ माफाकी कमला लालचनले राजिनामा दिएकी थिईन् । त्यसपछि मुस्ताङ अस्पतालको अध्यक्ष पद खाली छ ।
नेपाली कांग्रेसमा आवद्ध मार्फाकी समाजसेवी लालचनलाई गण्डकी प्रदेस सरकारले अस्पताल व्यवस्थापन समितिको अध्यक्ष पदमा नियुक्त गरेको थियो । स्थानीय तह सदस्य निर्वाचन २०७९ मा उम्मेदवार बन्ने भएपछि लालचनले समितिको अध्यक्ष पदबाट राजीनामा दिएकी थिइन् । उनी नेपाली कांग्रेसको घरपझोङ गाउँपालिकाको कमिटी कोषाध्यक्ष पदमा थिइन ।स्थानीय निर्वाचनमा कांग्रेस त्यागेर राप्रपामा पार्टी प्रवेश गरेकी थिइन् ।
यसअघि मुस्ताङ जिल्ला अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा संविधान सभा सदस्य चन्द्रबहादुर गुरुङले नेतृत्व सम्हालेका थिए । उनको ३ वर्षीय कालकाल पूरा भएसंगै मार्फाकी लालचन अध्यक्ष बनेकी थिइन् ।
मार्फाकी लालचनले समितिको अध्यक्ष पदमा राजिनामा दिएको ४ महिना बितिसक्दा समेत मुस्ताङ जिल्ला अस्पतालले नेतृत्व गर्ने नयाँ अध्यक्ष पाउन सकेको छैन ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डन विशाल तिवारीले अस्पताल व्यवस्थापन समितिको अध्यक्ष प्रदेशले चाँडै नियुक्त गर्ने गृहकार्य भइरहेको जानकारी दिए ।‘अस्पतालको नेतृत्व ४ महिनादेखि रिक्त छ,नयाँ नेतृत्व आओस भन्ने हाम्रो सोच हो, निमिक्त मेसु तिवारीले भने,'प्रदेशले अध्यक्ष तोकेपछि नयाँ वा पुरानै समितिलाई निरन्तरता दिने भन्ने अध्यक्षको सो विवेकमा भर पर्छ ।
लामो समयदेखि मुस्ताङ जिल्ला अस्पताल नेतृत्वविहीन रहँदा अस्पताल दिने सेवा सुविधा तथा महत्वपूर्ण निर्णयहरु गर्न अप्ठ्यारो परेको छ । कुनै पनि अस्पतालको अध्यक्ष पदमा बहाल हुने व्यक्ति ३० वर्ष उमेर पुरा भएको र निजको शैक्षिक योग्यता स्नाकोत्तर उर्तिर्ण भएको हुनुपर्छ ।
संघीयतापछि मुस्ताङ जिल्ला अस्पताल गण्डकी प्रदेशको स्वामित्वमा छ । गण्डकी प्रदेशका अस्पताल व्यवस्थापन समिति गठन आदेश निर्देशिका २०७५ अनुसार प्रदेशको सिफारिसमा जिल्लामा रहेका अस्पतालको अध्यक्ष चयन गर्ने जिम्मा प्रदेश सरकारले लिएको छ ।
प्रदेश सरकारले स्वास्थ्य वा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका प्रतिष्ठित व्यक्तिलाई मन्त्रालयले अध्यक्ष पदमा नियुक्त गर्छ । कार्यविधिमा कुनै पनि जिल्ला अस्पतालको अध्यक्ष पदमा रहने व्यक्तिको शैक्षिक योग्यता
अस्पताल व्यवस्थापन गठन आदेश कार्यविधिमा स्थानीय तहको अध्यक्ष वा उपाध्यक्ष,उद्योग वाणिज्य संघ , जिल्लाका प्रतिष्ठित व्यक्ति सदस्यमा रहन पाउने प्रावधान छ ।
यस्तै,अस्पतालको सदस्य सचिवमा अस्पतालका मेसु हुन्छन् ।