उपभोक्तालाई शुद्ध र स्वच्छ पानी वितरण गर्न सहमति

उपभोक्तालाई शुद्ध र स्वच्छ पानी वितरण गर्न सहमति

झापा : नेपाल खानेपानी संस्थान भद्रपुरले दूषित पानी वितरण गरेको भन्दै आक्रोशित बनेका उपभोक्ताहरू संस्थानको कार्यालयमा डेलिगेशन गएका छन्। 

'भद्रपुर खानेपानी संस्थानद्वारा दूषित पानी वितरण, स्वास्थ्यमाथि खेलबाड' भन्ने शीर्षकमा अन्नपूर्ण समाचार प्रकाशन भएपछि बिहीबार नगरका सचेत उपभोक्ताको एक टोली कार्यालय प्रमुख रामकुमार श्रेष्ठलाई भेट्न कार्यालय पुगेका थिए। 

संस्थानले पटकै पिच्छे नगरका उपभोक्ताहरूलाई फोहोर, धमिलो र लेदो मिसावटजस्तो पानी वितरण गर्दै आएको बारेमा उनीहरूले कार्यालय प्रमुख श्रेष्ठको ध्यानाकर्षण गराएका थिए। 

दुवै पक्षबीच भएको छलफलले अबदेखि यस्तो गल्ती नदोहोरिने कार्यालय प्रमुख श्रेष्ठले प्रतिबद्धता जनाएका स्थानीय उपभोक्ता दीपक तिम्सिनाले जानकारी दिए। दुवै पक्षबीच ७ बुँदे प्रतिबद्धतासहितको लिखित सहमति पनि भएको छ। 

अब उपरान्त खानेपानीमा कुनै किसिमको हेलचेक्र्याइँ हुन नदिने, पाइप लाइनमा कुनै समस्या आए वा टंयाङकी अथवा पाइप  सरसफाइ गर्नु परे तुरुन्तै उपभोक्तालाई जानकारीमुलक सूचना प्रवाह गर्ने, १० दिनभित्रमा पानीको ल्याब टेस्ट गरी विराटनगर पठाई पानीको शुद्धता मापन गरी उपभोक्तालाई जानकारी गराउने सहमति भएको छ।

यसैगरी नगरभित्रका केही स्थानहरूमा सार्वजनिक धाराहरू जडान गर्ने, संस्थानको क्षेत्र अधिकारभित्र पर्ने सबै तिर खानेपानी पुर्‍याउने, नियमित रूपमा कर्मचारीहरूले उपभोक्तासँग सूचना लिने र नमुना परीक्षण गर्ने र धेरै पुराना पाइपहरू भएको ठाउँमा नयाँ पाइप जडान गरिने लिखित सहमति भएको नेकपा (माओवादी केन्द्र) का नगर अध्यक्ष शिवकुमार राजभण्डारीले जानकारी दिए।

गत आइतबार भद्रपुर- ८ स्थित सगरमाथा चोकको कल्भर्टमुनि अज्ञात समूहले ४ इन्चको खानेपानीको पाइप फुटाइदिएको थियो। 

संस्थानको कर्मचारीले सोमबार त्यही पाइप मर्मत गरी बेलुका पानी छाड्दा फोहोर, धमिलो र लेदो  मिसिएको पानी  आएको थियो। त्यसपछि उपभोक्ताहरू संस्थानको लापरबाहीविरुद्ध एकजुट भएर कार्यालयसम्म पुगेका हुन्।   
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.