रथयात्राका लागि ९६० प्रहरी खटिने

रथयात्राका लागि ९६० प्रहरी खटिने

विराटनगर : विराटनगरमा निकालिने ५४औं संस्करणको राधाकृष्ण रथयात्रालाई भयरहित वातावरणमा सम्पन्न गर्न मोरङ प्रहरीले विशेष सुरक्षा रणनीति अवलम्बन गर्ने भएको छ।

रथयात्रालाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले सुरक्षाकर्मी परिचालन, निगरानी र आन्तरिक व्यवस्थापन लगायतका सुरक्षा रणनीति कार्यान्वयन गर्ने भएको हो। 

शनिबार निकालिने रथयात्राका लागि विराटनगरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोली परिचालन गरिने मोरङ प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार रथयात्रामा नेपाल प्रहरीको सात सय, ट्राफिक प्रहरीको एक सय र सशस्त्रको एक सय ६० जना जनशक्ति सहित ९६० जना स्वयंमसेवकसमेत परिचालन गरिने मोरङका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए। रथयात्राको रुटमा पर्ने बिजुलीका तारहरू व्यवस्थापन गर्न विद्युत प्राधिकरणका प्राविधिक जनशक्तिलाई पनि तयारी अवस्थामा राखिने उनले जानकारी दिए।

कोभिड संक्रमणको जोखिमलाई दृष्टिगत गर्दै रथयात्राका दिन मोरङ प्रहरीले मास्क र स्यानिटाईजरको प्रयोग लगायतका स्वास्थ्य मापदण्डमा समेत कडाई गर्ने जनाएको छ। 

रथयात्रामा आसपासका जिल्ला र सीमावर्ती क्षेत्रका सर्वसाधारणहरूको सहभागिता रहने भएकाले आवश्यक स्वास्थ्य सर्तकता अपनाउन प्रहरीले आग्रह गरेको छ। 

भारतबाट आउने सर्वसाधारणका निम्ति नाकामै खोपकार्ड चेकजाँचको प्रबन्ध मिलाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार रथयात्रामा बढी भीडभाड हुने भएकाले सुनचाँदीका गरगहना र बहुमुल्य वस्तुको प्रयोग नगर्न समेत आह्वान गरिएको छ।

डिएसपी दीपक श्रेष्ठले भने, 'सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै सीसीटीभीबाट निगरानीको व्यवस्था मिलाइएको छ। तीन जना डिएसपीसहित हामी फिल्डमा खटिन्छौं।'

यसपटकको रथयात्राले भने विराटनगरको विभिन्न भाग परिक्रमा गर्दै ९ किलोमिटरको दूरी तय गर्ने जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.