फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनको किन गरिंदैछ ड्रग्स टेस्ट?

फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनको किन गरिंदैछ ड्रग्स टेस्ट?

हेलसिंकी : फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले एउटा पार्टीमा नाचगान गरेको भिडियो भाइरल भएको छ। उनलाई लागुऔषध सेवन गरी नाचेको आरोप लगाइएको छ तर उनले सो आरोप अस्वीकार गरेकी छन्।  लागूऔषध सेवनको आशंकामा नै उनलाई ड्रग्स टेस्ट गर्न लगाइएको हो।

सन्ना मरिन प्रधानमन्त्री भएदेखि नै उनको पार्टी गर्ने बानीले बारम्बार आलोचित हुने गरेकी छन्।  संगीत समारोहमा सामेल भएको उनका तस्बिरहरु कयौंपटक बाहिर आएका छन्। पछिल्लोपटक भाइरल भएको भिडियोमा उनी फिनल्याण्डका पपस्टारसँग नाच्दै देखिएकी छन्।

आलोचना भए पनि धेरैले उनको तारिफ पनि गरिरहेका छन्। जर्मन समाचार संस्था बिल्डले उनलाई विश्वकै ‘कुलेस्ट’ प्रधानमन्त्रीको संज्ञा दिएको छ। सन्ना मरिनको कार्यकालमा फिनल्याण्डले धेरै चुनौतीको सामना गरेको छ।  कोरोना महामारीका कारण देशले धेरै समस्या झेल्नुपरेको थियो भने युक्रेनमा रुसको आक्रमणले फिनल्याण्डको चुनौती थप बढाएको छ।

३६ वर्षीया सान्ना  मारिन करिब साढे दुई वर्षअघि फिनल्याण्डकी प्रधानमन्त्री हुँदा उनी विश्वकै कान्छी प्रधानमन्त्री थिइन्। देशको सत्ता आफ्नै हातमा लिन मारिनले केन्द्र र वाम विचारधाराका दलहरूबीच महत्वपूर्ण गठबन्धन बनाएकी थिइन्। यो गठबन्धनमा थप चार जना महिला नेताहरू समावेश छन्।
 
को हुन् सन्ना मरिन ?

सान्ना  मारिन एक साधारण परिवारमा जन्मिएकी हुन्। मारिन सानै छँदा उनका आमाबाबु अलग भएका थिए। छुट्टिएपछि आमाले एक्लै उनको हेरचाह गरिन्। यस्तो अवस्थामा उनले बाल्यकालमा आर्थिक समस्या पनि भोग्नुपरेको थियो। सान्ना  मारिन आफ्नो परिवारमा हाईस्कूल पास गरेर विश्वविद्यालय जाने पहिलो व्यक्ति हुन्।

उनी २० वर्षको उमेरमा राजनीतिमा प्रवेश गरेकी थिइन्। त्यसको दुई वर्षपछि उनले काउन्सिलरको चुनावमा उमेद्वारी दिएकी थिइन्। त्यसमा उनी पराजित भएकी थिइन्। ५ वर्षपछि उनी काउन्सिलर बनिन्। साथै उनले सबै सल्लाहकारको नेतृत्व पनि गरिन्। एक ब्लगमा उनले १५ वर्षको हुँदा आफूले बेकरीमा काम गर्ने गरेको बताइन्। पछि पत्रिका वितरणको काम पनि गरेकी थिइन्।  आमा एक महिलासँग रिलेशनमा रहेको भन्दै उनले आलोचना पनि भोग्नुपरेको बताएकी छन्। उनी  आफ्नी आमाले जहिले पनि आफूले चाहे जस्तो बन्न सक्छु भन्ने विश्वास दिने गरेको उनले बताइन्। बीबीसी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.