निर्जीवन बिमामा मोटर र सम्पत्तिकै अंश अधिक

निर्जीवन बिमामा मोटर र सम्पत्तिकै अंश अधिक

काठमाडौं : निर्जीवन बिमा व्यवसायमा गाडी र सम्पत्ति बिमा अधिक देखिएको छ। बिमा समितिको तथ्यांकअनुसार २० निर्जीवन बिमा कम्पनीले असार मसान्तसम्म बिमालेखको ६४.२८ प्रतिशत अंश मोटर बिमा गरेका छन्। 

१६.६७ प्रतिशत सम्पत्ति बिमाको बिमालेख जारी गरिएको छ। सो अवधिमा कुल बिमालेख २७ लाख ८८ हजार १८ रहेको छ। यो कुल बिमालेख संख्या अघिल्लो आवको भन्दा २.०६ प्रतिशतले बढी हो। निर्जीवन बिमा कम्पनीले सम्पत्ति, सामुद्रिक, हवाई, मोटर, इन्जिनियरिङ, कृषि, लघु, विविधलगायतका बिमा प्रडक्टको व्यवसाय गर्दै आएका छन्।

अघिल्लो आव २७ लाख ३१ हजार ७७३ बिमालेख जारी भएको थियो। सो अवधिसम्म मोटरको बिमालेख संख्या १७ लाख ९२ हजार २ सय ११ छ। यस्तै सम्पत्तिको बिमालेख संख्या ४ लाख ६४ हजार ७ सय ८८ छ।

यसैगरी, कुल बिमालेखको ६.४० प्रतिशत (१ लाख ७८ हजार) अंश कृषि तथा बाली बिमाको छ। क्रमशः ५.४४ प्रतिशत (१ लाख ५१ हजार ) अंश सामुद्रिक बिमा, १.१२ प्रतिशत (३१ हजार) इन्जिनियर बिमा, ०.८८ प्रतिशत (२४ हजार ५ सय ३) अंश लघु बिमा, ०.०१ प्रतिशत (१ सय ४४) हवाई बिमा र विविधमा १ लाख ४५ हजार अर्थात ५.२१ प्रतिशत अंश बिमालेख जारी भएको छ। निर्जीवन बिमा कम्पनीले असारमा ५ अर्ब २८ करोड ६३ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन्। यसमा मोटर बिमाबाट १ अर्ब ६४ करोड बिमाशुल्क आर्जन गरिएको छ। योे अन्य बिमा प्रडक्टको तुलनामा सबैभन्दा बढी हो। 

दोस्रो स्थानमा सम्पत्ति बिमा छ। निर्जीवन बिमा व्यवसायमा उक्त बिमाको अंश १६.९० प्रतिशत छ। यस्तै, सरकारले धेरै महŒव दिएर ल्याइएको लघु बिमाको अंश भने सबैभन्दा कम ०.०७ प्रतिशत छ। असारमा उक्त बिमामार्पmत ३६ लाख ११ हजार रुपैयाँ मात्र बिमाशुल्क संकलन भएको छ। नीतिगत रूपमा कुल व्यवसायमा लघुबिमाको अंश १० प्रतिशत हुनुपर्ने व्यवस्था छ। तर, त्योभन्दा निकै कम लघुबिमा व्यवसाय भएको समितिको तथ्यांकमा उल्लेख छ। कम्पनीहरू लघुबिमा गाउँघरका कम मूल्यांकनमा रहेको घरको बिमा, त्यहाँका बासिन्दाको स्वास्थ्य बिमा र दुर्घटना बिमा खासै उत्साहरूपमा हुन नसकेको कम्पनी नै स्विकार गर्छन्। ‘काठमाडौंका बासिन्दाले त घरको बिमा गर्ने चेतना छैन। 

झन् गाउँकाले बिमा कम गर्ने देखियो। यो लघुबिमा आकर्षण हुन नसक्नुको कारण उनीहरूलाई अनुदान पनि नहुनु हो,’ नेपाल बिमक संघका अध्यक्ष चंकी क्षेत्री भन्छन्, ‘कृषि र बालीलाई छुट्टै बिमा गर्ने गरिन्छ। यसलाई पनि जोडेमा मात्रै धेरै देखिन्थ्यो तर फरक भएकाले कम देखिएको हो,’ उनले भने। यद्यपि मोटर बिमालाई सरकारले अनिवार्य गरेकाले पनि अधिक भएको कम्पनीको भनाइ छ। त्यसैले बिमामा यसको अंश बढी हुनु स्वाभाविक भएको उनको भनाइ छ।

निर्जीवनको बिमा शुल्क ३९ अर्ब

२०७८/०७९ मा २० निर्जीवन बिमा कम्पनीले ३९.१६ करोड ९९ लाख ८९ हजार रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन्। निर्जीवन बिमा कम्पनीमध्ये उक्त अवधिमा शिखर इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र नेको इन्स्योरेन्सले सबैभन्दा धेरै व्यवसाय गरेका छन्। पछिल्लो समयमा बिमा व्यवसायमा वृद्धि भएको छ। शिखर इन्स्योरेन्स कम्पनीले पाँच अर्ब रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ। त्यस्तै, सगरमाथा इन्स्योरेन्स कम्पनीले ३ अर्ब १ करोड र नेकोले २ अर्ब ८५ करोड रुपैयाँबराबरको व्यवसाय गरेको छ।

एभरेस्ट इन्स्योरेन्स कम्पनीले ३८ करोड ९८ लाख, हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले ७२ करोड ७९ लाख, आईएमई जनरल इन्स्योरेन्सले ६० करोड ४९ लाख, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले ६१ करोड ३ लाख, नेको इन्स्योरेन्सले ९७ करोड ९७ लाख, नेपाल इन्स्योरेन्सले ५६ करोड ९९ लाख, एनएलजी इन्स्योरेन्सले ८३ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेका छन्। यस्तै, राष्ट्रिय बिमा कम्पनीले २ अर्ब ६७ करोड, सिद्धार्थले २ अर्ब ६४ करोड बिमाशुल्क आर्जन गरेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.